कसरी बन्दैछ कांग्रेसी दूधभातको लतबाट माओवादीलाई छुटाउने ओलीको नयाँ रणनीति
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १९:२६:१०
६ जेठ, काठमाडौं । बैशाख ३० को मतदानपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका उखानयुक्त भाषणहरु बाहिर आउन पाएका छैनन् । मध्यम स्तरका नेताहरुले मात्रै चुनाव, त्यसको परिणाम र पार्टीको आवस्थाबारे छिटफुट जानकारी गराइरहेका छन् ।
निर्वाचनमा आएको नतिजाले ओली चुप भएर बालकोटमै बसिरहेको अनुमान धेरैले गरेका पनि होलान । तर, बालकोटमा ओली चुपचाप हैन, नेपालमा बहुमतमा रहेको कम्युनिष्टहरुको मत एकत्रित गराउने नयाँ रणनीतिको गहन अध्यायनमा ओली रहेको कुरा एमाले नेताहरुले नै बाहिर ल्याएका छन् ।
यतिबेला बालकोट र बुढानिलकण्ठतिरको राजनीति लगभग बन्द भएपनि बालकोट र खुमलटारतिर भने गाइगुई दूधभातका विषयहरु आउन थालेका छन् । पृष्ठि गर्न सक्ने खालका सूचनाहरु आएका छैनन् । तर, भेटघाट भइरहेका छन् । स्थानीय तहमा भएन, संघ र प्रदेशमा सके पार्टीनै नसके पनि विचार मिल्नेसँगगको चुनावी एकता गर्ने विषयमा नयाँ कार्यक्रमको तयारी एमालेभित्र भइरहेको छ ।
स्थानीय तहको निर्वाचनको पूर्णनतिजा आइनसक्दै नेपालको राजनीतिमा नयाँ धु्रबिकरणको चर्चा सुरु भएको हो । निर्वाचन अघिसम्म विपरित धारका राजनीतिक दलहरुबीच भएको गठबन्धन र तालमेललाई लिएर नेपालमा अब दूध दूधतिरै र पानी पानीतिरै मिसिएर दुई शक्तिमात्रै कायम रहने विश्लेषण हुँदै आएको थियो ।
खासगरी लोकतान्त्रिक शक्ति र बामशक्तिबीच कित्ता छुट्टिने तर्कहरु आइरहेका हुन् । तर, बल्लतल्ल एकता भएर पनि छुट्टिएर फूटमा समेत समामेल भइसकेकाले स्थानीय तहको निर्वाचनमा दूध दूधतिरै र पानी पानीतिरै मिसिएर निर्वाचनमा जान सक्ने स्थिति बनेन् ।
विभाजन र सत्ताबहिर्गमनको पिडाले पनि एमाले अध्यक्ष ओलीलाई तत्कालिन समयमा माओवादीसँग सहकार्यको आवश्यकता देखेका थिएनन् । अर्को उनलाई एमाले एक्लै सबैभन्दा ठूलो पार्टी रहेको र रहिरहने घमण्डले पनि विपरित विचारको सत्ता गठबन्धनलाई गालीनै पर्याप्त हुने ठानेका थिए ।
एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा आफ्नो पार्टीको मुल्यांकन पनि हुने र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबाटै गलाएर संघ र प्रदेशमा प्रयोग गर्ने रणनीति अगाडीनै बनाएको उनी निकटहरु बताउँछन् । अहिले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमा परेको अनुभवसहित उनले कांग्रेसबाट माओवादी अलग गर्ने रणनीति बनाइरहेका छन् ।
निर्वाचन प्रचार अभियानकै क्रममा ओलीले नेकपा माओवादी र एकिकृत समाजवादीलाई विरालोको संज्ञा दिएका थिए । उनले जस्ले दूधभात दिन्छ विरालो उतै म्याउँ गर्ने भन्दै आफुहरुले पनि समय आएपछि दूधभात दिएर विरालाहरु फर्काउने संकेत गरेका थिए । अहिले ओलीले कांग्रेसी दूधभातबाट माओवादीलाई छुटाउन सकिने जति सरसामान तयार पारिरहेको बताइन्छ ।
नेताहरुले बताएअनुसार ओलीले दिने भनेको दूधभातको बास्नाको सन्देश एमालेका उच्च तहकै नेताबाट प्रचण्ड निवास खुमलटार छिरिसकेको छ । मध्यम तहका ननेताहरुले त फोनबाट सुरु भएको वार्तालाई भेटघाटमै परिणत गरिसकेका छन् ।
सरसरर्ती हेर्दा पनि अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली काँग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ । यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा छ र त्यही रणनीतिको तयारीमा ओली व्यस्त छन् ।
२०७४ सालमा पनि माओवादीले पहिले कांग्रेस र पछि एमालेले बढी भाग दूधभात दिने भएपछि कांग्रेस छाडेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेसँग पार्टी एकतासहितको गठबन्धनमा गएको हो । त्यसबेला एमालेले माओवादीलाई बढी सिट दिएको थियो । बढी सिट पाएपछि माओवादी केन्द्र तत्कालीन सत्ता साझेदार कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन पुगेको हो ।
बताइएअनुसार घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, जर्नादन शर्मा र हरिबोल गजुरेलबीच संघ र प्रदेशमा एकतानै मिलाउने पक्षमा लागिरहेका छन् । एकता जहाँबाट बिग्रिएको छ त्यहींबाट सुरु गर्ने भन्दै नेताहरु बढेका छन् । विशेषगरी ४ पौष २०७७ मा बिग्रिएको एकतामा त्यहींबाट सुरु गर्ने एकथरीको योजना बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार