आईजीपीका व्याची पाँच डीआईजी परे एआईजी बढुवाको सिफारिसमा
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १७:३२:५०
९ जेठ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहका व्याची पाँच डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन् । उनीहरुलाई बढुवा समितिको आज बिहान बसेकाे बैठकले एआईजीमा बढुवाका लागि सिफरिस गरेको हो ।
सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । उनीहरु सबै आईजीपी सिंहका व्याची हुन् । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको उच्च पदमा बढुवाका लागि सोमबार सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा हाल पाँच एआईजीको दरबन्दी रिक्त छ । यस अगाडीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्नकुमार कार्की र बसन्तकुमार पन्तले बैशाख १८ गतेदेखि ३० बर्षे सेवाहदको कारण अनिवार्य अवकाश पाएका थिए ।
त्यसपछि डीआईजी बसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा सिफारिस गरिएको थियो । बढुवा सिफारिसमा परेका लामाले एआईजीको ५६ बर्षे उमेरहदका कारण जेठ ७ देखि अनिवार्य अवकाश पाएका छन् । लामाको अवकाशपश्चात् नेपाल प्रहरीमा पाँच एआईजीको दरबन्दी रिक्त भएको हाे ।
रिक्त पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी यस अगाडि नै गरिएको थियो । डीआईजीद्वय सुवेदी र बिसी २०७७ बैशाख ७ मा अनि डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।
हालका आईजीपी धिरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनीहरुमध्ये सुवेदी, बिसी र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसी एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार