रुख र कलममा खसेको मत दावी गर्दै उपमेयर श्रेष्ठले दिए आयोगमा निवेदन
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २१:३६:९
९ जेठ, काठमाडौं । सत्ता गठबन्धन दलका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका उमेदवार रामेश्वर श्रेष्ठले नेपाली कांग्रेसको चुनाव चिह्न रुख र एकिकृत समाजवादीको चुनाव चिह्न कलममा परेको मत आफ्नो भएको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
श्रेष्ठले कलम र रुख दुवै चिह्नमा परेको मत आफ्नो हुनुपर्ने भन्दै निर्वाचन आयोगमा दावीसहितको निवेदन दिएका हुन् । उनले दिएको निवेदनमा उमेदवार नभएको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्ने उल्लेख छ ।
उनले प्रतिष्पर्धी नै नभएका कलम र रुख चिह्नमा मत संकेत भए पनि म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई समेत बदरगरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उप विजेता हुने उमेदवारले जित्ने र जित्ने उमेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखा परेको बताएका छन् ।
श्रेष्ठले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसायअनुसार हुनेगरी प्रतिष्पर्धी उमेदवार नै नभएका कलम र रुख चिह्नमा मत संकेत भएका मतपत्रमा म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दोहो¥याइ मतगणना गरी गणनाहुन बाँकी मतपत्रसमेत यसै कानुनी आधारमा गणना हुन मतदान अधिकृतलाई आदेश गरिपाउँ भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार