एमालेले गरायो इन्धनको मूल्यवृद्धिमाथि संसदमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २०:५२:४५
१० जेठ, काठमाडौं । नेकपा एमालेले सरकारले गरेको इन्धनको मूल्यवृद्धिमाथि संघीय संसदमा छलफल हुनुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसदमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
दर्ता भएको प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई छन् भने समर्थकमा एमालेका दुई सांसद र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् । उनीहरुले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीसमक्ष प्रस्ताव दर्ता गराएका छन् ।
मुख्य सचेतक भट्टराइले पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने र बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा समायोजन गर्नसक्ने प्रावधान विरुद्ध सरकारले मुल्यबृद्धि गरेकाले प्रस्ताव लगेको बताएका छन् । प्रस्तावमा मुल्इबृद्धि फिर्ताको माग पनि गरिएको छ ।
सरकारसँग मूल्य वृद्धि न्यूनिकरणका लागि भएका प्रयासबारेका खाका माग गर्न संसदमा छलफल गर्न आवश्यक भएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको बताइएको छ । यसबाट प्रभावित जनजीवनलाई सहज बनाउन सरकारका योजना पनि माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार