ललितपुर महानगरको मेयरमा चिरीबाबु र उपमेयरमा एमालेकी शाक्य विजयी
नेपालबहस संवाददाता
जेठ १०, २०७९ बुधबार ३:३१:२६
१० जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् । महर्जनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् ।
ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए ।
उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएका छन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे ।
निर्वाचित दुवैले परिणाम घोषणा अघि नै विजय जुलुस गरेका छन् । मेयरका उम्मेदवार महर्जन र उपमेयर मञ्जली शाक्य बज्रचार्यले जावलाखेलमा मंगलबार साँझ विजय जुलुस मनाएका हुन् ।
ललितपुर महानगर–१ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेश कुमार महर्जन, ३ मा नेकपा (एस) का श्रीगोपाल महर्जन, ४ मा नेपाली कांग्रेसका सन्तोष खड्का, ५ मा नेकपा (एमाले) का विकास मान श्रेष्ठ विजयी भएका छन् ।
यस्तै ६ मा कांग्रेसका रुपेन्द्र राज शाक्य, ७ मा कांग्रेसका कुल बहादुर महर्जन, ८ मा कांग्रेसका बाबु रत्न महर्जन, ९ मा कांग्रेसका राजु महर्जन, १० मा कांग्रेसका रविन मान ब्यञ्जनकार, ११ मा कांग्रेसका अरोज कुमार खड्गी विजयी भएका छन् ।
वडा नं १२ मा एमालेका नारायण लाल अवाले, १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी, १४ मा कांग्रेसका अमृत जंग महत, १५ मा एमालेका सुरेश बहादुर साही विजयी भए ।
महानगरको वडा नम्बर १६ मा कांग्रेसका निर्मलरत्न शाक्य, १७ मा एमालेका विनोद महर्जन, १८ मा एमालेका दामोदर खड्का, १९ मा एमालेका राजेन्द्र महर्जन, २० मा कांग्रेसका चन्द्रलाल महर्जन, २१ मा नेकपा (माओवादी केन्द्र) का रविन्द्र महर्जन विजयी भए ।
यस्तै २२ मा एमालेका सागर तुलाधर, २३ मा एमालेका जीवन महर्जन, २४ मा एमालेका दिनेशजंग पाण्डे, २५ मा एमालेका दौलत कुमार खत्री, २६ मा माओवादी केन्द्रका सुरेश महर्जन, २७ मा माओवादीका कृष्णहरि महर्जन, २८ मा कांग्रेसका महर्जन, २९ मा एमालेका गणेश महर्जन विजयी भएका छन् ।
महानगरको २९ वडामध्ये कांग्रेसले ११, एमाले ११, माओवादी तीन, नेकपा एकीकृत समाजवादीले दुई र स्वतन्त्र दुई वडामा विजय भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार