उद्योगमन्त्री बडूले ओलीको भनाई स्तरहीन भनेर आलोचना गरेपछि एमालेले गर्यो संसद अवरुद्ध
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १७:४८:५२
१३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद बैठकमा आयल निगमको विषयमा बोलेको कुरालाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उद्योगमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।
लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरेका थिए । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि पनि मन्त्री बडूले आफ्नो सम्बोधन जारी राख्दै ओलीले नेपाल आयल निगम निजि क्षेत्रलाई दिन ठूलो रकमको डिल भइरहेको भन्ने भनाइको खण्डन गरे ।
‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरु फेरि उठे । विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ । एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार