बालेनलाई बधाई दिँदै महामन्त्री शर्मा लेख्छन्, ‘उनको विजय राजनीतिक दलमाथि सकारात्मक दवाव हो’
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १८:३७:४३
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका बालेन्द्र साह (बालेन)लाई बधाई दिँदै उनको विजयले राजनीतिक दलहरूलाई सकारात्मक दवाव दिएको बताएका छन् ।
समाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री शर्माले बालेनको जितले बदलिएको समयअनुरुप राजनीतिक दल, नेतृत्व, व्यक्तिको प्रवृत्तिसँगै पद्दति बदल्नुपर्ने संकेत गरेको बताएका छन् । उनले सबै दल र नेताले आफूलाई बदल्नुपर्ने समय आएको भन्दै बालेनलाई बधाई दिन र आफूलाई बदल्ने सोच राखेर अगाडी बढ्न आग्रह गरेका छन् ।
शर्माले ठूला राजनीतिक दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले वैकल्पिक राजनीतिको नारा र दल नरोजेको तर, बदलिएर आउ भन्ने सन्देश दिएको बताएका छन् । वैकल्पिक राजनीतिको नारासहितका दल र उम्मेदवारको उपस्थिति मैदानमा हुँदाहुँदै पनि मतदाताले उनीहरुलाई नरोजेको बताएका छन् ।
काठमाडौंका मतदाताले दिएको सन्देश गहन रूपले आत्मसात गर्नुपर्ने पनि उनको भनाई छ । ‘मतदाताले विजयी बनाइसकेपछि बालेन एक्लै हुन् वा एक्लै छन् नसोचौँ । जनताको काममा जननिर्वाचित मेयरलाई सघाऔं,’ शर्माले लेखेका छन् । बालेनको जित आफूहरूको पराजय मात्र नभई उनीप्रति जनताको आशा र विश्वासको जित पनि भएको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार