आयल निगमकाे भलवारीस्थित प्रादेशिक कार्यालयमा आगलागी
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १८:५३:१५
१३ जेठ, रुपन्देही । रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।
डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट ट्यांकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के-कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो ।
आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रकसमेत खटिएका थिए ।
आगलागी नियन्त्रणमा करिब एक घन्टामा भएकाे समय लागेको छ । दमकल तत्कालै पुगेकाले आगलागीबाट ठूलो क्षति हुन पाएन । ट्यांकरमा भने क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार