खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक, मेलम्ची बन्द !
नेपालबहस संवाददाता
जेठ १७, २०७९ बुधबार २:५२:२४
१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएसँगै नयाँ तालिका सार्वजनिक गरिएको हो ।
मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौंमा वितरण गरिने खानेपानीको नयाँ तालिका सार्वजनिक गरेको हो ।
९ वटा शाखा रहेको केयूकेएलको महाँकालचौर शाखाले नयाँ तालिका सार्वजनिक गरेको छ । त्यस्तै अन्य शाखाले पनि पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्दैछन् । मेलम्चीको पानी आउन रोकिएपछि महाँकालचौर शाखाले सुन्दरिजल मुहानबाट संकलन हुने खानेपानी र गोकर्णबाट डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न लागेको हो ।
शाखा प्रमुख उमेशबाबु मरहठ्ठाका अनुसार महाँकालचौर शाखा अन्तर्गत रहेका केसर महल, ईन बहाल, ठमेल, ज्याठा, माली गाउँ, हाडी गाउँ, नक्साल, बागबजार, माइतीघर गौरीघात, मैजुबहल, क्षेत्रपाटी, अनामनगर, मैतीदेवी घट्टेकुलो, डिल्ली बजार पिपलबोट, बौद्ध, जोरपार्टी, त्रिपुरेश्व, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका क्षेत्रमा अब नयाँ तालिका अनुसार पानी वितरण गरिनेछ ।
एक दिनदेखि ८ दिनको फरकमा पानी वितरणको तालिका रहेको छ । अन्य शाखाहरूले समेत पानीको नयाँ तालिकाका लागि छलफल थालेका छन् । गत असार १ गते आएको बाढीसँगै मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यहि बेलादेखि बन्द रहेको मेलम्चीको मुहान १२ बैशाखमा खोलिएको थियो । अस्थायी रूपमा मर्मत सम्भार गरेर मेलम्चीको पानी सुरूङमार्ग हुँदै काठमाडौं उठाइएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएपछि टनेलको मुख्य ढोका बन्द गरिएको थियो । ढोका बन्द गरिएसँगै मेलम्ची खानेपानी काठमाडौं आउन बन्द भएको छ । अब वर्षापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार