प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २१:५६:४१
२५ जेठ, रसुवा । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्थित ठूलोभार्खुमा रहेको १४ नम्बर टावरमा समस्या आएपछि जिल्लामा मंगलबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।
विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं ग्रिड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने उनको भनाइ छ ।
६६ केभी लाइनको मर्मत गर्न मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ । त्रिशूली फिडर नम्बर ४ बाट बिहान धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएकोमा ११ केभी प्रसारण लाइनको तार चुँडिएपछि अहिले उक्त क्षेत्रमा पनि समस्या आएको हो ।
अहिले ११ केभी प्रसारण लाइनको मर्मत हुँदै गरेको र केही समयपछि धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा भने विद्युत सेवा सुरु हुने केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार