मुग्लिन निस्कने सबै सडक अवरुद्ध : नारायणगढ, तनहुँ र काठमाडौंतर्फ रोकिएका यात्रु अलपत्र
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १६:४४:३२
२७ जेठ, काठमाडौं । पोखरा र नारायणगढ तर्फबाट मुग्लिन निस्कने दुबै तर्फको आवगमन अबरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको हो भने चितवनको तोपे खोलामा सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक फेरि अबरुद्ध बनाएको छ ।
सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुष शव फेलापरेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिएका छन् ।
उनले पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य भइरहेको र नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने बताएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भासिएर जोखिम र राजमार्ग अबरुद्ध बनेको हाे ।
सडकको तलको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँ प्रहरीले जनाएको छ । सडक भासिएका कारण उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिनतर्फ जादै गरेको कार अन्दाजी २०० मिटर तल मर्स्याङ्दी नदीको खोचमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडक भासिदा सवारी साधनलाई पोखरा र मुग्लिनमै रोक्न लगाइएको छ । अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा खटेको प्रहरीले जानकारी दिएको छ ।
यता, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए । राभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।
बागमती ट्राफिक प्रहरी कार्यालयका अनुसार फेरि सुख्खा पहिरो आएर सडक रोकिएको हो । पहिरो पन्छाउने काम जारी छ । तर सडकमा सवारी साधनको लामो लाइन भएकाले सहज हुन समय लाग्ने भएको छ । सडकमा सवारी साधनको लामो लाइन छ । आँबुखैरेनी नजिकै सडक भासिएपछि पोखरा लगायतका ठाउँमा जाने सवारी साधनलाई पनि भरतपुरकै इलाकामा रोक्ने काम भएको छ । जाम भएका सवारी साधनको लाइन चितवनको रामनगरसम्म रहेको बताइएको छ ।
प्रहरीका अनुसार धादिङ प्रहरीसँग पनि समन्वय गरेर काठमाडौं लगायतका ठाउँबाट पोखरा जाने सवारी साधनहरुलाई बाटोको अवस्था हेरेर मात्रै आउन भनिएको छ । अहिले काठमाडौंबाट जाने र उताबाट आउने सबै सवारी रोकिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार