विद्युत्का पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार १७:८:३०
२१ असार, उदयपुर । जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।
त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् । भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मरतमत नभएको बताए ।
शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो । चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन्, “चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।”
विद्युत् प्राधिकरण गाईघाटका इञ्जीनियर सत्यनारायण साह भन्छन्, “बाढीले धेरै पोल ढालेर क्षति पुर्याएको छ, दिनरात आफूहरूको थोरै जनशक्तिले खटेर तीव्ररूपमा काम गरिरहेका छौँ ।” ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन् ।
करेन्ट लागेर मृत्यु
त्रियुगा नगरपालिका–८ देउरीमा एक पुरुषको मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका देउरीका ६५ वर्षीय मन्तु चौधरीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मोहन थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार