नमूना विद्यालय घोषणामा मात्र सीमित, अझै बनेका छैनन् खेलमैदान
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार १६:४१:४९
२८ असार, भजनी । कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ । ‘एक वडा, एक नमूना विद्यालय’को अवधारणाअनुसार सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालयसँग व्यवस्थित खेलकुद मैदान छैन ।
राजनीतिक दाउपेचका कारण विद्यालयको जग्गामा सडक निर्माण भएपछि विद्यार्थीलाई खेलकुदका लागि मात्रै होइन, पठनपाठनमा समेत निकै समस्या हुन थालेको छ । सडकको नक्सा भएको क्षेत्र कुनै व्यक्तिको कब्जामा रहेको र नक्साअनुसार सडक निर्माण गर्दा आफ्नो राजनीति बिग्रने डरले स्थानीय जनप्रतिनिधिले त्यो जोखिम लिन नचाहेको बताइएको छ ।
विद्यालयको आँगनबाटै सडक निर्माण भएपछि सवारीसाधनको आवाजले पठनपाठनमा समस्या हुने गरेको छ भने अर्कातिर दुर्घटनाको जोखिम बढेको छ । विद्यालयसँग करोडौँका संरचना निर्माण भएका छन् तर, घेरापर्खाल छैन । विद्यालयका कागजात तथा अन्य सामग्री पनि निकै असुरक्षित छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयसँग १५ कठ्ठा जग्गा थियो । त्यसबाट केही जग्गा सडकमा विलय भइसकेको छ भने १५ कठ्ठा जग्गामा सबै ऐलानी छ ।
“हामीसँग ५३२ विद्यार्थी छन् । तिनलाई बिहानको समयमा प्रार्थना गराउन, खेलकुद सिकाउनका लागि मैदान नै छैन । भन्न नमूना विद्यालय भनिएको छ तर काम नमूना गर्न सकिएको छैन”, विद्यालयका प्रधानाध्यापक पदमबहादुर शाहीले भने, “आज सडकको समस्याका कारण प्रदेशबाट विनियोजन भएको रकम फिर्ता गयो । विद्यालय नमूना छ, संरचना र विद्यार्थी निकै असुरक्षित छन् ।”
उनका अनुसार अझै पनि विद्यालयको नाममा जग्गा छैन । ऐलानी जग्गा भएकै कारण पनि स्थानीयवासीले विद्यालयको जग्गा अतिक्रमण गर्दै यहाँ पुगेको प्रअ शाही बताउनुहुन्छ । अहिलेसम्म विद्यालयमा पाँच व्यवस्थापन समितिका अध्यक्ष फेरिए भने तीन प्रधानाध्यापक ।
भजनी नगरपालिकाका मेयर केवल चौधरीले १० वर्ष सोही विद्यालयको प्रधानाध्यापक भएर सेवा गरेका थिए। आफ्नो कार्यकालमा उनले पनि अतिक्रमणमा परेको विद्यालयको जग्गा फिर्ता ल्याउन सकेनन् । “वर्तमान नगरप्रमुखले पहिले निकै प्रयास गरेका थिए । उनको कुरालाई सुनिदिने कोही भएन ।” प्रधानाध्यापक शाहीले भने, “निवर्तमान नगरप्रमुखले पनि सडकको समस्या समाधान गर्ने बताए तर गरेनन् भएन । सबैले बोले काम कसैले गरेनन् । समस्या विद्यालय प्रशासन र विद्यार्थीलाई भएको छ ।”
नगरप्रमुख चौधरीले विद्यालयका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताए । उनले विद्यालय सार्नेसम्मको प्रयास आफूले गरेको सुनाए । “ राम्रो काम गर्नेको पछाडि कसैको साथ नहुनेरहेछ । अगाडि सहमति जनाउने पछाडि गएर विरोध गर्नेहरूका कारण समाज परिवर्तनको बाधक बनेको छ ।” नगरप्रमुख चौधरीले भने, “अझै पनि विद्यालयको व्यवस्थापनका लागि र सडकको समस्या समाधानका लागि प्रयास हुन्छ । अहिले सडककै कारण विद्यार्थीलाई निकै समस्या हुने गरेको छ ।”
नमूना विद्यालयका लागि नगरपालिकाले पहिलो वर्ष रु सात लाख बजेट विनियोजन गर्यो । त्यसपछि रु चार लाखमा झरेको नगरपालिका त्यसपछिको वर्ष रु दुई लाखमा झर्यो । चालु आव त नमूना विद्यालयले नगरपालिकाबाट बजेट नै पाउन सकेन । आउँदो आवका लागि पनि नमूना विद्यालयलाई बजेट छैन । “नमूना विद्यालय घोषणा गर्याे । नमूना विद्यालयका लागि चाहिने आधारभूत आवश्यकता अझै पूरा हुनसकेका छैनन् । एक–दुई लाखले नमूना विद्यालय बनाउन सकिँदैन । त्यसका लागि शैक्षिक सुधारका लागि पर्याप्त बजेटको व्यवस्थापन हुन सक्नुपर्थ्याे ।” प्रधानाध्यापक शाहीले भने, “नामले मात्रै नमूना भएर हुँदैन, आधारभूत कुरा पूरा गर्न सकेपछि र शैक्षिक गुणस्तरलाई माथि उठाउन सकेपछि मात्रै नमूना मान्न सकिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार