गुल्मीको रेसुङ्गामा साउने मेला सुरू
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १८:२३:२९
२ साउन, तम्घास । गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु भएको छ । साउन महिनाभर रेसुंगामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप हुन्छन् ।
त्यसैका लागि गुल्मीका विभिन्न ठाउँ र जिल्ला बाहिरबाट समेत भक्तजन रेसुङ्गा आउने गर्दछन् । श्रद्धालुहरु पोखरीमा नुहाउन तथा पूजा गर्न साउन महिनाभर रेसुंगा पुग्ने गर्दछन् । रेसुंगाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत भक्तजन रेसुंगा आउने गरेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले जानकारी दिए । त्यस्तै रेसुंगामा यही साउन १ गते, औँसी र एकादशीका दिन विशेष पूजा हुने भुसालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार