बुटवलमा पुनः जग्गाको लगत सङ्कलन सुरु
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार १७:१:२३
३ साउन , लुम्बिनी । बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत सङ्कलन सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत सङ्कलन थालिएको हो ।
लगत सङ्कलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । “अहिले कुन जग्गा व्यक्तिको हो, कुन सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत सङ्कलनको काम हुन्छ”, उनले भने ।
स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले जानकारी दिए।
जग्गाको लगत सङ्कलनका लागि नगरले स्थानीयवासीसँग छलफल पनि थालेको छ । सोमबार बुटवल–१२ का बासिन्दाबीच छलफल गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्याङ्कका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए ।
बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्याङ्क सङ्कलनअनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार