कुदुवासीले असोजसम्ममा खानेपानी र सिँचाइ सुविधा पाउने
नेपालबहस संवाददाता
साउन ३, २०७९ मंगलबार २१:२८:४२
३ साउन, जाजरकोट । भेरी नगरपालिका –१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् । यहाँ एकै पटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासीले असोजसम्ममा खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन् । असोजसम्म तीनै वटा योजना निर्माण गरिने लक्षका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
कुदुको ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने उनले बताए । भेरी नदीको पानीलाई लिप्टमार्फत कुदुमा ल्याई यहाँ १२ महिना सेवा प्रवाह गर्न लागिएको छ । पहिलो लिप्ट रु ८९ लाखको लागतमा, दोस्रो रु एक करोड तीन लाखको लागतमा र तेस्रो रु ९० लाखको लागतमा निर्माण भइरहेको छ ।
लामो समयदेखि सुक्खा र खडेरीले पिउने पानीको समस्या झेल्दै आएको कुदुमा तीन वटा लिप्ट सिँचाइ योजना निर्माण भए पश्चात् प्रर्याप्त सिँचाइ गर्नलाई पानी पुग्ने बताइएको छ । एकसय दश हेक्टर जमिनमा भेरीको पानीबाट प्रर्याप्त सिँचाइ पु¥याउन सकिएमा यहाँको जमिनलाई खाद्यान्न उत्पादनमा प्रयोग गर्न सकिने भएको छ । भेरीको पानीले सिँचाइ गरेर धान, गहुँलगायत अन्नबाली र व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी शेरबहादुर बस्नेतले बताए ।
कुदुको विशाल फाँटलाई अन्न उत्पादनको रुपमा प्रयोग गरी जिल्लालाई नै सहयोग पुग्ने खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । जिल्लाको ठूलो फाँटमध्ये यो एक रहेको छ । अहिले पानीको अभावमा यहाँका बासिन्दाले आकाशे पानीको भरमा मकैबाली लगाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार