लमजुङको बिजुली : व्यवस्थापन फेरियो , व्यवस्था फेरिएन !
नेपालबहस संवाददाता
साउन ८, २०७९ आइतबार १७:३४:५९
८ साउन, लमजुङ । जलविद्युतको खानी जिल्ला लमजुङको विद्युतको व्यवस्थापन फेरिएको धेरै भयो । तर जिल्लाबासीले आशा गरेको गुणस्तर भने अझै पनि फेरिएको छैन । दैनिक दर्जनभन्दा बढी पटक विद्युत जानेआउने समस्याले लमजुङका उपभोक्ता मारमा परेका छन् ।
जिल्लावासीका लागि विद्युत सेवाका लागि २०५३ सालबाटै लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत काम हुँदै आएको थियो । गत पुस महिनाबाट लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज भइ नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् वितरणको जिम्मा दिइयो, तर विद्युतको गुणस्तरमा भने सुधार आउन सकेन ।
लमजुङमा भोटेओडार, नयाँ गाउँ, बेंसीशहर र ओखरी फिडरबाट जिल्लाबासीलाई विद्युत् सेवा उपलब्ध गराउने गरिएको छ । यतिबेला लमजुङ विद्युत उपभोक्ता संस्थाका कर्मचारीहरू ६० जना सबै विद्युत प्राधिकरणमा समायोजन भईसकेका छन् र लमजुङ विद्युत वितरण केन्द्रमा रहेका ३० जना कर्मचारी समेत ९० जनाको जनशक्ति बनेको छ ।
विद्युत वितरण केन्द्रको प्रमुख इञ्जिनियर नै छन् । तर, त्यसयता पनि लमजुङ विद्युत् वितरण केन्द्रको सेवाको गुणस्तर भने लमजुङ विद्युत् उपभोक्ता संस्थाको पालामा भन्दा खासै भिन्न अनुभूति गर्न उपभोक्ताले पाउन सकेका छैनन् ।
दैनिक दर्जन पटक विद्युत जाने आउने गरिसकेको हुँदा गुणस्तरमा प्रश्नको उदाहरण हो भुक्तभोगी उपभोक्ताहरूको गुनासो छ । यसबारेमा लमजुङ विद्युत् वितरण केन्द्रमा सम्पर्क गर्दा बल्ल ५ साउनबाट कर्मचारीको समायोजनको काम टुंगिएको छ ।
उनीहरूलाई जिम्मेवारी तोकेर फिल्डमा खाउने काम हुँदैछ । अबको एक दुई महिनासम्ममा सबै व्यवस्था हुन्छ लमजुङ विद्युत वितरण केन्द्रका प्रशासन प्रमुख अशोककुमार कर्णले भने । उनका अनुसार यो बीचमा धेरै ठाउँमा उपभोक्ता संस्थाले गाडेका काठका पोल, पिन फेर्ने काम गरिएको छ । सयमै उपलब्ध हुनेछ ।
अब विद्युत् शुल्क विल प्राप्त भएको एक साताभित्र शुल्क तिर्ने जिल्लाभरका सेवाग्राहीले रेविटको सुविधा अर्थात (दुई प्रतिशतं) छुट पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार