माघबाट सुपरदोर्दी ‘ख’ ले ५४ मेगावाटको बिजुली बाल्ने
नेपालबहस संवाददाता
साउन ९, २०७९ सोमबार १८:१९:४१
९ साउन, लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले माघबाट विद्युत उत्पादन थाल्ने भएको छ । आयोजनाको ८८ प्रतिशत निर्माण सम्पन्न भएसगै माघबाट ब्यावसायिक विद्युत उत्पादन गर्ने आयोजनाका सञ्चालक अर्जुन गौतमले बताए ।
आयोजनाबाट यसअघि ०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत १ असार राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँदा तालिका प्रभावित भएको हो । हाल आयोजनाको विद्युतगृह, सुरुङमार्गलगायतका काम तीव्र रूपमा भइरहेकोे छ ।
गौतमका अनुसार आयोजनाको पाँच हजार एक सय मिटर सुरुङ खन्ने र एक हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम पूरा भएको छ ।आयोजनाले ०७६ फागुनदेखि विद्युत् उत्पादन गर्ने सुरुवाती तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलाको बाढी र कोरोनाको असरले निर्माण प्रभावित हुँदा पछाडि धकेलिएको आयोजनाका निर्देशक गौतमले बताए ।
आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा खर्च बढ्ने देखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौवटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार