मारवाडी सेवा संघको नवनिर्मित भवनमा शाकाहारी भोजनको सुविधा
नेपालबहस संवाददाता
साउन ९, २०७९ सोमबार २२:१६:२९
९ साउन, भैरहवा । मारवाडी समुदायको साझा संस्था मारवाडी सेवा संघ भैरहवाको नवनिर्वित भवनमा शाकाहारी भोजनालय खुलेको छ । ०४८ सालमा स्थापित संस्थाले स्थापना कालदेखि नै भोजनालय र विश्रामगृहको योजना बनाए पनि हाल मात्रै आएर संघमार्फत सेवा सुरु भएको हो ।
संघले विश्राम गृह भने ०५२ सालदेखि सुरु गरेको संघका पूर्वअध्यक्ष नारायणप्रसाद अग्रवालले बताए । शुद्ध र सफा शाकाहारी खाना खुवाउने उद्देश्यले संघको नयाँ निर्मित भवनको भुँइ तलामा भोजनालय सुरु भएको छ । बिहानको नास्ता, दिउँसोको खाना र रातिको खाना गरी सिमित समयमा सेवा निरन्तर हुने भोजनालायको उद्घाटन गर्दै पूर्वअध्यक्ष अग्रवालले भने ।
बिहान १० बजेसम्म खाजा, त्यसपछि ११ देखि ३ बजेसम्म दिउँसोको खाना र बेलुका ७ देखि ९ बजेसम्म साँझको खानाको व्यवस्था गरेका छौं, यसका अलावा मिठाई, नम्किन लगायत परिकार पनि संघले तोकेको सुपथ मूल्यमा व्यवस्थापन गरिएको संघका अध्यक्ष हेमन्त अग्रवालले जानकारी दिए ।
नास्ता १२५ रुपैयाँमा, खाना १८० र स्पेशन मारवाडी खाना २५० रुपैयाँ तोकिए पनि मासिक रुपमा नियमित खानेका लागि आठ हजारको प्याकेजमा बिहान साझको खाना खुवाउने अध्यक्ष अग्रवालले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार