विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार १८:४४:३१
११ साउन, भक्तपुर । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माणमा तथा जडान नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् । कलेजबाट दिक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्यनरत विधार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक सस्थामा आबद्ध विधार्थीहरु सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल गरेका हुन् ।
सम्बन्धित विधार्थीहरूले दिएको जानकारी अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्ने तथा एउटै रिमोटले एक मन्चमा जडित दुई पर्दासहित दुई पर्दाको मध्य भागमा जडित प्रोजेक्टरलाई नियन्त्रण गर्ने छन् । रिमोटको विभिन्न तिन बटनले दुई पर्दा र एक प्रोजेक्टरलाई खोल्ने र बन्द गर्ने पनि विद्यार्थीले जनाएका छन् ।
४८ फिट लम्बाई रहेको उक्त पर्दा तथा प्रोजेक्टर पर्दालाई एउटै रिमोटले बढीमा ७० मिटर टाढासम्म संचालन गर्न सकिने जनाइएको छ । उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरुले पनि चलाएका छन् ।
विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेको यस नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू अब पूर्ण सिस्टम बनाउन पनि आफू सक्षम रहेको कुरा कामले प्रमाणित गरिदिएका छन् । साथै कुनै पनि संघसंस्थालाई उक्त सिस्टम चाहिएको खण्डमा पनि उपलब्ध गराउन सकिने जानकारी विद्यार्थीबाट पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार