राप्तीसोनारीका बस्ती डुबानको जोखिममा
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १७:४५:२७
१२ साउन, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९ मा बग्ने चुके र भक्ताखोला तथा वडा नं ८ मा बग्ने रिम्नाखोलाका कारण करिब आधा दर्जन गाउँका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबान हुँदै आएको छ ।
वर्षा हुनासाथ राप्तीसोनारी–९ मा चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि कटान र डुबान हुने गरेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी–९ को खैरी, बुचापुर र उद्दैन क्षेत्रमा चुकेनाला तथा गुरुवागाउँ, ढकेरी क्षेत्रमा भक्तानालाले खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएको छ । बाढीले कटान र डुबान गरेका कारण यी गाउँमा बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ ।
खोलामा डाइभर्सन र तटबन्ध हुन नसक्दा सयौँ बिघा खेतीयोग्य जमिन कटान हुन पुगेको छ । वडा तथा गाउँपालिकास्तरको बजेटबाट डुबान तथा कटान रोकथामको प्रयास हुन नसक्ने भएकाले प्रदेश र संघीय सरकारसँग खोला डाइभर्सन र तटबन्धका लागि बजेट माग गरिएको वडाध्यक्ष थारूले बताए ।
प्रदेश सरकारबाट रु २५ लाख बजेट विनियोजन भए पनि खोलाको कटान रोकथामका लागि उक्त बजेट अपर्याप्त हुने भएकाले थप बजेट विनियोजनका लागि आवश्यक पहल गरिएको उनको भनाइ छ । राप्तीसोनारीकै वडा नं ८ मा पर्ने नयाँगाउँ क्षेत्र रिम्नाखोलाको बाढीका कारण कटान र डुबानमा पर्दै आएको छ । रिम्नाखोलाका कारण नयागाउँका ४२ घरपरिवारको करिब ७० बिघा खेतीयोग्य जमिन कटान भएको स्थानीय अगुवा यमराज थारूले जानकारी दिए ।
वडा नं ८ मा पर्ने झिझरी र परुवाखोलाले पनि खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएका छन् । जनताको खेतीयोग्य जमिन कटान रोकथाम तथा बस्ती डुबानबाट जोगाउन आवश्यक पहल गरिए पनि बजेट अभावले बर्सेनि समस्या बल्झिँदै आएको राप्तीसोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए । उनले बस्तीमा डुबान र खेतीयोग्य जमिनको कटान रोकथामका लागि सिक्टा सिँचाइ आयोजना र सडक डिभिजनसँग समन्वय गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार