रुपन्देहीबाट एसईईमा पाँच जनाले ल्याए ४ जिपिए
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २३:३७:२८
९ चैत, भैरहवा । माद्यामिक शिक्षा परीक्षाका रूपमा लिएको एसईई परीक्षामा रुपन्देहीबाट पाँच जनाले जिपिए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट चार जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन् ।
सामुदायिक विद्यालयतर्फ कालिका मानव ज्ञान माविका विवेक न्यौपानेले जिपिए ४ ल्याएका छन् । संस्थागततर्फ न्यू होराइजनका स्प्रिया ढकाल र विमर्श ज्ञवालीले जिपिए ४ ल्याएका छन् । त्यस्तै, अक्सफोर्ड माविका विलक्षण भुसाल र दीपेश भुसालले पनि जिपिए ४ ल्याएका छन्।
गत वैशाख ८ गतेदेखि संचालन गरिएको एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको थियो । रुपन्देहीबाट १७ हजार ६ सय ९२ विद्यार्थी सम्मिलित भएकोमा सबैको नतिजा सार्वजनिक भएको छ । जिल्ला विभिन्न ३ सय ३५ विद्यालयबाट प्राविधिकतर्फबाट ४ सय २२ र ग्रेडवृद्धितर्फ १७२ जना विद्यार्थी सहभागी रहेका थिए ।
प्रकाशित नतिजा अनुसार ९ वटा वर्गमा विद्यार्थीहरूको नतिजालाई प्राप्तांक आधारमा छुट्ट्याइएको छ । जिल्लाका ५ जनाले ४ जिपिए ल्याएका छन् भने ३५० जनाले ए प्लस ग्रेड ल्याएका छन् । त्यस्तै ए ग्रेडका विद्यार्थी १ हजार ४ सय ९६ जना, बी प्लसका ३ हजार ८४, बी ग्रेडका ३ हजार ६ सय १० , सी प्लसका ३ हजार ५ सय ५४, सी ग्रेडका ३ हजार ४ सय ३७, डी प्लस १ हजार ६ सय ७५ र डी ग्रेड ल्याउने ८७ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार