व्यवसाय विस्तारसँगै वित्तीय अवस्था पनि बलियो बनाउँदै माछापुच्छ्रे बैंक, लिडर बैंक बन्ने यात्रामा
आर्थिक संवाददाता
साउन १७, २०७९ मंगलबार १९:४९:१६
१७ साउन, काठमाडाैं । माछापुच्छ्रे बैंकले पछिल्लो समय आक्रामक व्यवसाय विस्तारदेखि वित्तीय रुपमा निकै सबल बन्दै गएको छ ।ग्राउण्डबाट नै बैंकिङ करियर सुरु गरेका सीईओ सन्ताेष काेइरालाले आफ्ना कर्मचारीलाई देखाएको माया, मोटिभेसन र विश्वासको कारणले गर्दा आज बैंक वित्तीय र व्यवसायिक रुपमा निकै सबल भएको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरण (रिपोर्ट) सार्वजनिक गर्दै बैंकले सबैलाई चकित बनाएको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा दोहोरो अंकको बृद्धि देखिएको छ भने खुद मुनाफामा पनि निकै राम्रो सुधार देखिएको छ । समिक्षा अवधिमा बैंकले खुद मुनाफामा ३४ प्रतिशत माथिको सुधार गर्न सफल भएको छ । वित्तीय हिसाबले हेर्दा बैंकले जगेडा कोष पनि बृद्धि गर्दै लगेको छ । एक वर्षको अवधिमा जगेडा कोषमा संचित भएको रकम ३२ प्रतिशत भन्दा धेरैले बृद्धि भएको छ ।
बोनस शेयरमार्फत १३ दशमलव ३० प्रतिशतले चुक्ता पुँजी बृद्धि गरेको बैंकले निकै राम्रो मुनाफा बृद्धि गर्दा प्रतिशेयर आम्दानी पनि बृद्धि गर्न सफल भएको छ । त्यस्तै जगेडा कोष पनि आकर्षक रुपमा बृद्धि हुँदा किताबी मूल्य पनि बृद्धि हुन सफल भएको छ । यसरी बैंकको वित्तीय अवस्था, व्यवसाय हेर्दा लिडर बन्ने यात्रामा बैंकले बाटो तय गरिसकेको देखिन्छ ।
हाल बैंक संचालक समितिको अध्यक्षमा डा. वीरेन्द्रप्रसाद महतो छन् भने अन्य संचालकमा रोशन के.सी, जयमुकुन्द खनाल , विश्वप्रकाश गौतम, हरिभक्त सिग्देल र बन्धना कार्की छन् भने स्वतन्त्र संचालकमा मुकुन्द महत छन् ।
अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो एक सफल उद्यमी र सामाजिक कार्यकर्ता हुन् । महतोले बेलारुस स्टेट इकोनोमिक्स विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । नेपालको संविधानसभाका पूर्व माननीय सदस्यसमेत रहेका महतोको वाणिज्य र व्यापारको क्षेत्रमा लामो समयको अनुभव रहेको छ।
बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा युवा तथा अनुभवी बैंकर सन्तोष कोइराला छन् । बैंक अफ काठमान्डूबाट आफ्नो बैंकिङ करियर सुरु गरेका सन्तोष कोइरालाले त्यहाँ करिब ५ वर्ष कम गरेपछि सानिमा बैंकमा गएका थिए । सानिमा बैंकमा करिब १० वर्ष काम गरेपश्चात उनी माछापुच्छ्रे बैंकमा आएका थिए । शुरूमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनले २०७७ साल वैशाख १ गतेबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका थिए । सीईओको जिम्मेवारी कुशलताका साथ निभाउँदै उनले आज माछापुच्छ्रे बैंकलाई शिखरमा पुर्याएका छन्।
सरल स्वभावका युवा बैंकर कोइरालाले त्रिभुवन विश्वविध्यालयबाट एमबीए र इर्यासमस् विश्वबिद्यालय नेदरल्याण्डबाट एडभ्यान्स् म्यानेजमेन्ट एण्ड लिडरसीप प्रोग्राममा डिप्लोमा गरेका छन् । कोइरालाको बैंकिङ क्षेत्रमा २ दशक भन्दा धेरैको अनुभव रहेको छ । त्यस्तै बैंक उच्च व्यवस्थापनमा सर्जुकुमार थापा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक बृद्धि :
अघिल्लो आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ६० करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब १६ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा करिब ३५ प्रतिशत माथिको वृद्धि भएको छ ।
प्रतिशेयर आम्दानीमा आकर्षक बृद्धि :
अघिल्लो आर्थिक वर्षमा १७ रुपैयाँ ७६ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ रुपैयाँ ७ पैसा पुगेको छ । प्रतिशेयर आम्दानी करिब १९ प्रतिशतले वृद्धि भएको छ । बोनस शेयरमार्फत १३ दशमलव ३० प्रतिशतले चुक्ता पुँजी वृद्धि गरेको बैंकले निकै राम्रो मुनाफा वृद्धि गर्दा प्रतिशेयर आम्दानी पनि वृद्धि गर्न सफल भएको हो ।
प्रमुख आम्दानीको श्रोतमा करिब १७ प्रतिशतको बृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब १७ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ४ अर्ब ३५ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ५ अर्ब ७ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
संचालन मुनाफामा २७ प्रतिशतको बृद्धि :
संचालन मुनाफामा २७ प्रतिशतको वृद्धि हुँदै ३ अर्ब १३ करोड पुगेको छ ।
जगेडा कोषमा व्यापक सुधार :
बैंकको जगेडा कोष ३२ प्रतिशत माथिले वृद्धि हुँदै ३ अर्ब ३२ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ५० करोड रहेको जगेडा कोष अहिले ३ अर्ब ३२ करोड पुगेको छ । त्यस्तै रिटेण्ड अर्निङ्ग पनि ४ प्रतिशत भन्दा धेरैले वृद्धि भएर १ अर्ब ३२ करोड पुगेको छ ।
निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले १ खर्ब ४५ अर्ब निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप १० प्रतिशत भन्दा माथिले वृद्धि भएको छ भने कर्जा प्रवाह १३ प्रतिशत माथिले वृद्धि भएको छ।
वितरणयोग्य मुनाफा :
शेयरधनीको पक्षबाट हेर्दा वितरणयोग्य मुनाफालाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ । बैंकको वितरणयोग्य मुनाफा अहिले १ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब १३ करोड थियो। एक वर्षको अवधिमा वितरणयोग्य मुनाफामा १७ प्रतिशत माथिको वृद्धि देखिएको छ ।
किताबी मूल्य :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १४५ रुपैयाँ ७० पैसा छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार