नाम सुशासन काम कुशासन, भ्रष्टाचार विरुद्धको अभियन्ताबाट यसरी लुटिदैछ स्थानीय तह
नेपालबहस संवाददाता
साउन २१, २०७९ शनिबार २३:४१:४४
♦ दीपक शर्मा
२१ साउन, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ता तथा सुशासनको हिमायति भएको दावी गर्ने बागेश्वरी असल शासन क्लब बाँके नेपालगञ्जले नागरिक सहायता कक्ष संचालनको नाममा बाँके र बर्दियामा करोडौं रुपैयाँ रकम लिएको खुलासा भएको छ । बागेश्वरी अशल शासन क्लबले नागरिक सहायता कक्ष संञ्चालनका लागी बाँके तथा बर्दियाका प्रत्येक स्थानीय तहबाट लाखौ रुपैयाँ असुल गरिएको देखिएको हो ।
नागरिक सहायता कक्ष सञ्चालनका लागि २० लाख ५१ हजार र त्यसमा उपमहानगरपालिकाले थप ४ लाख रुपैयाँ गरेर २४ लाख ५१ हजार, राप्ती सोनारी गाँउपालिकाले ४ लाख ३५ हजार , नरैनापुर गाँउपालिकाले ५ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको हो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो बार्षिक प्रतिवेदनमा वागेश्वरी असल शासन क्लबले नियमविपरित करोडौ रुपैयाँ रकम बुझेको देखाएको छ । वागेश्वरी असल शासन क्लब अर्थात बासले फुड बैंकको नामा ५ लाख रुपैयाँ समेत बुझेको देखिएको छ । बासले लिएको रकमको विल भरपाई तथा प्रमाण समेत नबुझाएको देखिएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा नेपालगञ्ज उपमहानगरपालिकाको महालेखा परीक्षणपछि सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३३ को उपनियम ५ मा सरकारी रकम खर्च गर्दा त्यस्ता रकम पुष्टि गर्न विल, भरपाई, कागज तथा प्रमाण संलग्न गर्नुपर्ने उल्लेख छ तर वासले सो नगरेको पाइएको हो ।
महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७९ को नेपालगञ्ज उपमहानगर पालिकाको प्रतिवेदन अन्तर्गतको पेज न ६१ मा गैससमार्फत कार्य अन्तरगत हेल्प डेस्क संचालनका नाममा विभिन्न वडाबाट १ लाख रुपैयाँदेखि ३ लाखसम्म असुल गरिएको देखाएको छ ।
यसै गरी पेज न ७३ मा पनि हेल्प डेस्क संचालनका नाममा रकम खर्च भएको देखिएको छ । आर्थिक वर्ष २०७७ । ७८ मा महालेखा परीक्षकको बार्षिक प्रतिवेदनले वासको कुशासनलाई उजागर गरिदिएको छ । थिति बसाउने सस्थाले बेथितिलाई कसरी सस्थागत बनाउछ भन्ने उदाहरण बनेको वासले स्थानीय सरकारसँग गर्न नहुने काममा सम्झौता गरेर छर्लङ्घ पारिदिएको छ । सुशासनका नाममा कुसासन काम भएको देखिदाँ आम नागरिक अचम्मित बनेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार