बीरगञ्ज महानगर अवैंधानिक अभिभावक संघको चंगुलमा फसेको प्याब्सनको आरोप, शिक्षण शुल्क नउठाए बिद्यालय नै बन्द हुने चेतावनी
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १८:१५:४४
२२ साउन, बीरगञ्ज । प्याब्सन बीरगञ्जले महानगरले संस्थागत विद्यालयहरुका संचालक लगायत अन्य सरोकारवालासँग कुनै छलफल नै नगरी बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले अनाधिकारिक स्रोत facebook बाट जारी भएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै उक्त सूचना अनुसार बीरगन्ज महानगरपालिकामा भएको सर्वपक्षीय छलफलमा बक्यौता शिक्षण शुल्क उठाउनै नपाउने भन्ने कुनै सहमति नभएको प्रष्ट पार्न चाहएको विज्ञप्तिमार्फत जनाएको छ । यद्यपि, शुल्ककै कारणले बिद्यार्थीहरुको परीक्षा छुट्नु वा छुटाउनु हुन्न भन्ने विषयमा प्याब्सन आबद्ध सबै सदस्य बिद्यालयहरु प्रतिबद्ध रहेको जनाइएको छ ।
अनाधिकारिक स्रोतबाट जारी भएको सूचनाले गर्दा व्यक्तिगत स्वार्थ पूरा गर्न गठित समूह अर्थात अवैंधानिक अभिभावक संघर्ष समितिले त्यसलाई गरी खाने भाँडो भएको छ । उक्त समूहले त्यही सूचनालाई आधार बनाएर सम्पूर्ण अभिभावकलाई दिग्भ्रमित पार्दा बिद्यालय र अभिभावकबीच फाँटो ल्याउने कार्य भएको छ । मिति २०७९ श्रावण १८ गते बुधबार हाम्रो एक सदस्य विद्यालयले शुल्कतिरेर प्रवेशपत्र लिन आग्रह गर्दा अभिभावकहरु बिद्यालयको सम्पर्कमा नआई उक्त समूहको सम्पर्कमा गएको बुझिन्छ । उक्त समूहको दबाबमा महानगरले विद्यालय र बिद्यालय संचालकलाई अप्रिय शब्दहरु बोलेको बिषयमा समेत हाम्रो ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
अधिकांश अभिभावकहरुले मासिक रुपमा शिक्षण शुल्क नबुझाई परीक्षाको बेला तिर्ने बुझाउने गरेकोमा उक्त सूचनाले परीक्षाको बेला पनि बक्यौता शुल्क उठ्न गाह्रो भएको छ । बिद्यालयहरुले चालु महिनाको नभएर गत शैक्षिक सत्र र विगतकै महिनाहरुको बक्यौता माग गर्दा समेत हाम्रा अभिभावक दिग्भ्रमित भएर शुल्क नबुझाई दिदाँ विद्यालयहरुले दैनिक संचालन खर्च, मासिक तलब, घर भाडा, डिजल खर्चहरु समेत धान्न अप्ठ्यारो भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
जसले गर्दा संस्थागत विद्यालयहरुमा आश्रित महानगरको करिब ४ हजार शिक्षक कर्मचारीहरुलाई १ देखि ३ देखि महिनासम्मको तलब सुबिधा समेत दिन सकिएको छैन । संस्थागत विद्यालयहरुको सम्पूर्ण बजेट शुल्क नै हो र शुल्क नै नउठाउनु भन्ने मनसायले जारी सूचनाले सिर्जित समस्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न खडा भएको छ ?
के महानगरपालिका हाम्रो अभिभावक होइन ? हाम्रा समस्याहरु सहजीकरण गर्नमा हाम्रो अभिभावकीय निकाय किन चुक्यो ? के यसरी नै बीरगन्ज शैक्षिक हब बन्छ ? हाम्रो प्रश्न छ । महानगरको साथ साथै राज्यभित्रको शैक्षिक गुणस्तर कायम राख्य योगदा नदिदैं आएका हामी संस्थागत बिद्यालय र संस्थापकहरुलाई अमर्यादित तरिकाले आतंकित बनाउने कार्य अभिभावक निकाय र अभिभावकबाट भएकोमा घोर दुःख प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुनै एक अमुक व्यक्ति र व्यक्तिगत स्वार्थ पूरा गर्न गठित समूहकै मात्र कुरा सुनेर सत्य तथ्य नै नबुझीकन निर्देशन दिएर कार्यवाही गर्ने कार्य कसैबाट पनि हुनु हुँदैंन भन्ने हाम्रो माग छ । साथै, चुस्त दुरुस्त सेवाप्रवाह दिएर शैक्षिक गुणस्तर कायम राखेर अभिभावकको विश्वास कमाएका हामीलाई अनुकुल अवस्थामा समेत विद्यालय बन्द गर्नु भन्ने सूचना निकालेर निर्णय लाद्नु पनि यथोचित नभएको प्याब्सन बीरगंजनले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अभिभावक निकायले सम्बन्धित सरोकारवालासँग विस्तृत छलफल नै नगरी कुनै पनि निर्णय नहोस् भन्ने विषयहरुमा हामी सचेत गराउन चाहन्छौं । अन्यथा, त्यस प्रकारको निर्णयबाट बाध्यात्मक परिस्थितिहरु उत्पन्न हुनपुगेमा त्यसको जिम्मेवार हामी हुने छैनौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार