चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार १९:३०:१२
२४ साउन, रामपुर (पाल्पा) । चिन्ते सामुदायिक वन रामपुर नगरपालिका– १ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गरेको यस वनलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले भगवान् शिवको मूर्ति भित्र्याइएको हो । शिवलिङ्ग, शङ्ख, पर्वत तथा भगवान्का आकृति रहेको गुफाभित्र मूर्ति भित्र्याई प्राणप्रतिष्ठा गरिएको छ ।
चिन्ते सामुदायिक वनका पूर्व अध्यक्ष सीताकुमारी सिंह र सदस्य विष्णुदेवी सिग्देलले मूर्ति सहयोग गरेका हुन् । पर्यापर्यटनको लागि सौन्दर्यीकरणसँगै यहाँको छाङ्दी झरना अहिले आन्तरिक पर्यटकको रोजाइँमा परेको छ । झरनासँगै रहेको चमेरे गुफालाई धार्मिकस्थलको रुपमा विकास गर्नको लागि पहल सुरु भएको छ ।
कालीगण्डकी नदी नजिकै रहेको गुफाको आफ्नै महिमा भएको भन्दै यसलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गरिन थालिएको हो । झरना अवलोकनको लागि आएका एक जना मातामा देवी चढेपछि गुफामा भगवान् शिवको बास रहेकाले शिवको मूर्ती राखिएको स्थानीय बताउँछन् ।
यहाँको झरनामा पछिल्लो समय रमाउन जानेको घुइचो छ । विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पाइन्छ । डिभिजन वन कार्यालय पाल्पाले झरनाको सौन्दर्यकरणको लागि पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिङ्गसहित, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरेपछि वनले पर्यटक लोभ्याइरहेको छ । यहाँ दैनिकजसो करिव तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ ।
कालीगण्डकी सडक संजालसँग जोडिएकाले पनि पर्यटकलाई आवतजावतमा सहज भएको छ । करिव एक सय ५० मिटर माथिबाट झरेको झरनाको पानीमा हिजोआज आन्तरिक पर्यटकहरु पौडी खेल्ने र रमाउनेको दृश्य देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार