राससकर्मी भण्डारी र रेग्मी सम्मानित
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार १७:१७:४१
२५ साउन , रामपुर । नेपाल प्रेस युनियन पाल्पाले दुई राससकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ । रासस केन्द्रीय कार्यालयमा कार्यरत जीवन भण्डारी, रामपुर पाल्पाका समाचारदाता सुशीला रेग्मी र कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाई सम्मान गरेको हो ।
गत साउन ६ र ७ गते हेटौँडामा भएको नवौँ महाधिवेशनमा निर्वाचित पाल्पाली पत्रकार उपाध्यक्षद्वय भण्डारी (उपत्यका उपाध्यक्षतर्फ), अर्याल (लुम्बिनी प्रदेशतर्फ) र केन्द्रीय सदस्य सुशीला रेग्मीलाई बधाई शुभकामना दिँदै सम्मान गरेको प्रेस युनियन शाखाका सभापति भरत शर्माले बताए ।
केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका पाल्पाका भण्डारी विगत लामो समयदेखि काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका छन् । राससको उपसम्पादकसँगै विभिन्न सञ्चारमाध्यममा आवद्ध छन् ।
केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका अर्याल दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । उनी कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादकसमेत हुन् ।
यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भई सम्मानित भएकी रेग्मी रामपुरमा रहेर लामो समयदेखि राससलगायतका विभिन्न सञ्चारमाध्यममा आवद्ध रही पत्रकारिता गर्दै आएकी छिन् ।
लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सम्मान गर्दै पत्रकार निष्पक्ष भएर प्रस्तुत हुनुपर्ने बताए । पत्रकार स्वतन्त्र भएकाले कुनै व्यक्तिका रुपमा प्रयोग नहुन मन्त्री रानाले अनुरोध गरे ।
उनले लोकतन्त्रको संस्कार बोकेका पत्रकारले सही र सत्यतथ्य समाचारका लागि सोही ठाउँमा आफ्नो कलमलाई प्रयोग गर्नुपर्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार