कर्णालीका नवनियुक्त मन्त्रीको शपथ अदालतले रोकी दियो
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २१:३७:१८
२७ साउन, काठमाडौं । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ ग्रहण रोकेको छ ।सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नदिएको भन्दै उच्च अदालत, सुर्खेतको आदेशपछि नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीको शपथ ग्रहण रोकिएको हो ।
आठ सदस्यीय मन्त्रिपरिषद्मा महिला सहभागिता नरहेको भन्दै गत माघ अन्तिमतिर अधिवक्ता शेरबहादुर खत्री र टिका विष्टले अदालतमा रिट दायर गरेका थिए ।
सोही रिटमाथि सुनुवाईपछि भएको आदेशमा उक्त कुरा उल्लेख गरिएको हो । यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको छ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।
सोही आधारमा हिजो मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गर्नुभएको हो ।मुख्यमन्त्रीले संविधानको धारा १५८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन गरेको उल्लेख गर्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयसमक्ष सिफारिस गरेका थिए ।
त्यसलगत्तै उच्च अदालतले विपक्षमा आदेश दिएको हो अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तबमोजिम भए–नभएतर्फ संवेदनशील भएर आ–आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न–गराउन प्रदेश प्रमुख र मुख्यमन्त्रीको ध्यानकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार