युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २३:२७:२२
२७ साउन, भैरहवा । दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो ।
एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवा एमसीएच डाक्टरहरूबाट नै दिने सेवा सेवा विस्तार एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्घाटन गरेका हुन ।
जस अन्तर्गत बिरामीहरूले एकै ठाउँबाट सबै सेवा पाउने, अलग अलग भौँतारिनु पर्ने समस्या हट्ने र विशेषज्ञबाट नै परामर्श लिन सक्ने व्यवस्था मेडिकल कलेजले मिलाएको छ । यसमा अधिकतम रिफरल केसहरू आउने हुँदा आवश्यकता नै ठानेर सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘बिरामी टिकट लिएर उक्त विशिष्ट विशेषज्ञ ओपिडी कक्षमा प्रवेश गरेपछि सबै सेवाहरू एक ठाउँमा उपलब्ध हुनेछ,’ उनले भने ।
मिर्गौला रोग सम्बन्धी सेवाहरूको लागी डा. कृष्ण अग्रवाल, मूत्र रोग सम्बन्धी सेवाहरूका लागी डा. सगुन थापा, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवाको लागी डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवाहरूका लागी डा। सन्तोष साहले विशेषज्ञ डाक्टरको सेवा दिनेछन् ।
बिरामीका लागि एक स्थानबाट उपचार तथा परामर्शको व्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको व्यवस्था लगायतको सुविधा रहेको उनले बताए । यसैगरि बिरामीको कुरुवाको लागी पनि निस्शुल्क वाईफाई, तथा टेलिभिजनको व्यवस्थापन गरिएको गुरुङले बताए ।
हाललाई यो सेवाको लागी टिकट दर ३ सय रुपैयाँ तोकिएको जानकारी दिँदै उनले यो टिकटबाट एक साता सम्म परामर्श लिन सकिने बताए। कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले यी सेवाहरू पहिला पनि अस्पतालले प्रदान गर्दै आएकोमा अहिले एकद्वार प्रणाली मार्फत व्यवस्थापन गरिएको बताए । यो सेवामा थप विशेषत्र सेवा क्रमशः थप्दै जाने बताए ।
बिरामीलाई एकै स्थानबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएर मेडिकल कलेज पनि यस्ता प्रकारका जटिल रोगको उपचार गर्न सक्षम रहेको र काठमाडौं तथा विदेश गएर महँगोमा उपचार गराउनु पर्ने बाध्यताबाट बिरामीले छुटकारा पाउने सकिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल राज ढकालले बताए । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर ८ सय जना र आकस्मिक सेवासहित ओपिडीमा दैनिक ४ सय जनाले सेवा लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार