सिकलसेलको निःशुल्क उपचार व्यवस्था मिलाउनुपर्ने माग
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार १९:५६:५१
३० साउन, बाँके । श्रीमानको उपचारमा सात लाख रुपैँया खर्च भयो । तर पनि रोग निको नभएको बाँके बैजनाथ गाउँपालिका ३ कि शर्मिला थारुको गुनासो छ ।
शर्मिलाका श्रीमानलाई सिकलसेल एनिमिया भएको छ । यो रोगको उपचार खर्चिलो छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य जीवन भने बाँच्न सकिने चिकित्सकको भनाइ छ ।
थारु समुदायमा देखिएको यो वंशाणुगत सर्ने रोग हो । यो श्रीमानबाट श्रीमतीमा सर्दैन तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायमा यो रोग बढी देखिएको छ ।
“ यो एक प्रकारको रक्तअल्पता भएपनि अलि कडा खालको हुन्छ”, भेरी अञ्चल अस्पतालका डा राजन पाण्डे बताउँछन । जीवनभर औषधि खाइरहनुपर्ने भएकाले यसका बिरामीलाई सरकारले निःशुल्क उपचार र औषधिको व्यवस्था मिलाउनुपर्ने बर्दिया बाँसगढीका पूर्णबहादुर थारुको माग छ ।
त्यसो त सरकारले यो रोगको परीक्षण र उपचारका लागि भेरी, सेती अञ्चललगायतका अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । यसैगरी, निजीअन्र्तगत बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा पनि यो रोगका उपचार हुन्छ ।
“सन्तुलित खानपान र बेलाबेला आप्mनो स्वास्थ्य जाँच गराइरहनुपर्दछ । यति मात्र गर्न सकियो भने यो रोगका व्यक्ति सामान्य जीवन बाँच्न सक्छन्”, भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सल्लाह छ ।
डा पाण्डेका अनुसार यो रोगको उपचारका क्रममा अहिलेसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । भेरी अञ्चल अस्पतालमा मात्रै अहिले दुई सय १५ जनाको उपचार भइरहेको छ । तथ्याङ्क अनुसार पश्चिम नेपालका करिब चार हजार थारुमा यो रोग देखा परेको छ ।
यो रोग अहिले विस्तारै योगी, बिसी र रैदास जातिमा पनि देखा पर्न थालेको छ । यसको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ । सरकारले रु एक लाख उपचारमा दिने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार