ओलीले शिलान्यास गरेकाे छेला औद्योगिक क्षेत्रको गति सुस्त
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार २०:९:५५
३० साउन, महेन्द्रनगर । डेढ वर्षअघि कञ्चनपुरको छेला औद्यागिक क्षेत्रको शिलान्यास भयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले यहाँको बेदकोट नगरपालिमा पर्ने औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि त्यसपछि आयोजनाको गति भने सुस्त छ ।
झण्डै तीन सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यका साथ शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा १७ महिना बितिसक्दा पनि त्यहाँ पर्ने रुखको लगत लिने काम सकिएको छैन ।
डिभिजन वन कार्यालयले १७ हजारभन्दा बढी रुखको छपान कार्य सकिए पनि वर्षात्का कारण अहिले रोकिएको जनाएको छ । रुख छपान र नम्बरिङको काम सकिने समय लाग्ने देखिएको छ । रुख छपानको काम सकिएपछि वन मन्त्रालयमा उक्त फाइल पेश भएपछि मन्त्रिपरिषद्ले रुख कटानको निर्णय गर्ने वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले बताए ।
बेदकोटका वडा नं २ र ३ मा नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको लक्ष्य लिइए पनि सुरुवातमा तीन सय बिघामा स्थापनाको काम थालिएको हो । औद्योगिक क्षेत्रमा २३ साना उद्योग, ४४ मझौला उद्योग र ३३ ठूला उद्योग स्थापनाका लागि आवेदन परेका छन् ।
सरकारले चालु आवमा औद्योगिक क्षेत्र निर्माण प्रक्रियाका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । केही महिनाअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको निरीक्षण गरेर फर्किएपछि बजेट विनियोजन गरिएको हो ।
उनले सो औद्योगिक क्षेत्र र दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणका लागि सरकार लागि परेको भन्दै चालू आवमै निर्माणको थालनी गरिएको जनाउका थिए । रु आठ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा कृषि, खनिज तथा विद्युत्जन्य उद्योग, फलाम तथा स्टील, निर्माणसम्बन्धी उद्योग स्थापनाको योजना रहेको छ । छब्बीस वर्षअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा छेला औद्योगिक क्षेत्र स्थापना गर्ने भए पनि दशकौँ बितिसक्दा पनि निर्माणको सुरुवात भएको छैन ।
बेदकोटका नगरप्रमुख भोजराज बोहराले चाँडै औद्योगिक क्षेत्र निर्माणको थालनी हुनेमा आफू आशावादी रहेको बताए । “प्रधानमन्त्रीदेखि उद्योग मन्त्रीसम्म यस क्षेत्रकै भएकाले औद्योगिक क्षेत्रको कामअघि बढ्नेमा आशावादी छौँ”, उनले भने, “निर्माण प्रक्रियाका लागि सरकारले रु एक अर्ब बजेटसमेत बिनियोजन गरिसकेको छ ।” उनले रुख छपानपछि कटानको प्रक्रिया तत्काल अगाडि बढ्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार