दुई जना मानिसलाई खाएको बाघले डकार मार्न नपाउदै नियन्त्रणमा
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २१:५६:४५
◊ दीपक शर्मा
१ भदौ, बर्दिया । साउन २९ गते आफनो घर देखि करिब ५ सए मिटर टाढा रहेको जंगलमा गएका २ जना मानिसलाई खाएको नरभक्षी बाघलाई सुर्खेत भेरी गंगा ५ गेरुवानी मध्यवर्ती क्षेत्रको जंगलबाट नियन्त्रणमा लिइएको छ।
साउन २९ गते २ जना मानिसलाई खाएको बाघले राम्रोसंग डकार मार्न नपाउदै नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोलीले बुधबार बिहान डार्ट गरी सो बाघलाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए ।
साउन २९ गते आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब चार सयको मिटरमा पूर्वतर्फ पर्ने जंगलमा बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।सो बाघलाई बाँके राष्ट्रीय निकुञ्जमा उचित व्यवस्थापन गरिने छ।
जिल्ला प्रशासनका कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै रत्न राजमार्ग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा रातको समयमा मोटरसाइकल चलाउनमा रोक लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार