दार्चुला जिप दुर्घटना : बुङ्गल गाँउ शोकमा डुब्यो
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १४:५४:५३
२ भदौ, दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुने सवै एउटै गाँउका भएको प्रहरीले जनाएको छ ।दार्चुलाको शैल्यशिखर नगरपालिका-५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ ।
कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका ८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक रणबहादुर विष्टका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा बुङ्गल गाउँपालिका-८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् ।
मृतक मध्येका रैभान र चम्फा श्रीमानश्रीमती भएको खुलेको छ । उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा वडाका पाँच जनाको मृत्यु भएपछि बुङ्गल गाउँपालिका–८ शोकमा डुबेको छ ।
बुधबार गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको उनीहरू सवार से१ज ५५१ नम्बरको जिप दिउँसो करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर चालकसहित अन्य ९ जना घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार