रानीवनमा थारु साँस्कृतिक ग्राम
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार २०:४६:३३
२ भदौ, घोराही । दङ्गीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । बयासी बिघा जमिन रहेकोे रानीवनको उत्तर र पश्चिम क्षेत्रमा उक्त ग्राम तथा पार्क निर्माणले पूर्णता पाउन लागेको छ । थारु समुदायको कला र संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले रानी वनमा करिब दुई करोड लगानीमा उक्त ग्राम तथा पार्क निर्माण थालिएकोे हो ।
निर्माणको चरणमै रहेको सांस्कृतिक पार्क तथा ग्राममा थारु समुदायको पहिचान झल्किने परम्परागत सामग्री, थारु परिकार, पिकनिक स्पटलगायत सामग्री राखिने राख्ने तयारी भएको छ । थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन गर्नाका साथै थारु समुदायको पहिचान झल्किने परम्परागत विविध सामग्रीको खोजी, संकलन र संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउने उद्देश्यले सांस्कृतिक ग्राम निर्माण गरिएको उक्त गाउँपालिकाका पूर्वअध्यक्ष भागीराम चौधरीले जानकारी दिए ।
यस गाउँपालिकालाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा पर्यटनको विकासमा सहयोग पुर्याउने मुख्य लक्ष्य रहेको उनको भनाइ थियो । “थारु राजा दंगीशरणको दरबार दङ्गीशरण पालिकासँग जोडिएको सुकौराकोट पनि नजिकै छ”– पूर्व अध्यक्ष चौधरीले भने– “यही वडामा थारु सांस्कृतिक संग्राहालय छ, यी दुबै क्षेत्रलाई जोडेर लान सकिए दङ्गीशरण छिट्टै पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ ।”
यसलाई कसरी व्यवस्थित, प्रभावकारी बनाएर कार्यान्वयनमा ल्याइने कुराले महत्व राख्ने उनको धारणा थियो । गाउँपालिकाको पहल र लुम्बिनी प्रदेश सरकारको सहयोगमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । यस कार्यका लागि गाउँपालिकाले करिब रु दुई करोड लगानी गरेकामा ग्रामको भवन निर्माणका लागि हालसम्म करिब डेढ करोड र पार्क निर्माणका लागि जनश्रमदानसहित ५५ लाख खर्च भइसकेको छ ।
गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले दङ्गीशरणमा निर्माण गरिएको थारु सांस्कृतिक ग्राम तथा पार्कको अधुरा कामलाई पूर्णता दिएर थप व्यवस्थित बनाइने बताएका छन् । “दङ्गीशरणमा एउटा नमूना सांस्कृतिक ग्राम र पार्क आवश्यक छ नै, त्यो करिब–करिब सम्पन्न भएको छ”– उनले भने–“बाँकी अधुरा काम प्रदेश सरकारसँग समन्वय गरेर पूर्णता दिन्छौँ ।” अध्यक्ष गिरीले सांस्कृतिक ग्रामका लागि भवन र पार्कमा ३० वटा सिमेन्टका कुर्सी, पार्कभित्र एक किलोमिटर गोरेटो बाटोमा चारैतिर ब्लक विच््याइएको र पिकनिक स्पट निर्माण गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार