डेढ वर्षमै बिग्रियो गाउँपालिकाले खरिद गरेको जेसिवी
नेपालबहस संवाददाता
भदौ ३, २०७९ शुक्रबार २०:३८:३६
३ भदौ , तुलसीपुुर । दाङको दङ्गीशरण गाउँपालिकाले खरिद गरेको जेसिवी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिवी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा थन्क्याएर राखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा रु ३३ लाखमा खरिद गरिएको उक्त जेसिवीले आम्दानी भने केही गर्न सकेन । “खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ”, गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तवीर चौधरीले भने, “यसबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन ।”
बिग्रिएपछि मर्मत गर्न लगिएकामा खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्क्याएर राखिएको उनको भनाइ थियो। मर्मत खर्च रु पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याउनै फाइदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्क्याइएको शाखा प्रमुख चौधरीले जानकारी दिए ।
“पटकपटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याएकै फाइदा हुने भयो”, उनले भने, “त्यसपछि कार्यपालिकाले थन्क्याउने नै निर्णय गरेको हो ।”
बुद्ध इलेक्ट्रो पावर प्रालीले टेन्डरमा खरिद गरेको उक्त जेसिवीबाट फुर्केसल्लीसम्म सडकको ट्रयाक खोलिएको र अन्य वडाका सडक निर्माण गरिएका थिए । काम धेरै भए पनि आम्दानी भने न्यून भएको शाखा प्रमुख चौधरीले बताए ।
अहिले बिग्रिएर थन्क्याएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । “लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ”, उनले भने, “के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ ।” गाउँपालिकाले त्यतिबेला करिब रु १६ लाखको लागतमा एउटा ट्र्याक्टर पनि खरिद गरेकामा नियमित चलिरहेको छ । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार