सुपर न्यादीको विद्युत् गृह पुग्ने सुरुङ मार्गमा ‘ब्रेक थ्रु’
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २१:१०:५७
५ भदौ, लमजुङ । उत्तरी लमजुङको ङादीखोलामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।
अर्धभूमिगत विद्युत् गृह निर्माणका लागि आयोजनाले करिब चार सय मिटर सुरुङ मार्ग निर्माण गरेको हो । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत भइरहेको छ ।
मर्स्याङ्दी गाउँपालिका-६ डहरेमाथि निर्माण हुने ड्यामसाइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढ किलोमिटर सडक बनाउन बाँकी छ । यो कार्य दुई महिनामा पूरा हुने आयोजनाले जनाएको छ । विद्युत् गृह नाइँचे गाउँनजिकै बन्नेछ । हेलिकप्टरमार्फत् ‘एयरलिफ्ट गरी’ सामान पुर्याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने कार्यसमेत भइरहेको छ ।
आयोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङका अनुसार सात किलोमिटरको सुरुङमार्गमा काम भइरहेको छ । विद्युत् गृह पुग्ने पहुँचमार्ग पूरा भएपछि विद्युत् गृहको काम सुरु हुनेछ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता ‘पीपीए’ अनुसार आगामी दुई वर्षभित्र ‘२०८१ असारभित्र’ विद्युत् उत्पादन सुरु गर्ने तालिका छ । वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री हुनेछ ।
हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको उक्त आयोजना सक्न सात अर्ब रुपैयाँ लागत प्रक्षेपण गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वटा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाा ‘७५ प्रतिशत’ ऋण लगानी गर्नेछ ।
प्रवर्द्धकको इक्वीटी ‘स्वपुँजी’ एक अर्ब ७५ करोड रुपैयाँ ‘२५ प्रतिशत’ रहनेछ । वार्षिक २३ करोड ५७ लाख ६० हजार युनिट ‘२३५.७६ गिगावाट घन्टा’ विद्युत् उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार