रामपुरमा शहीद स्मृति पार्क निर्माण
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १९:१२:५२
६ भदौ, रामपुर । पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो ।
रु १४ लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानीयको रु एक लाख ४५ हजार जनश्रमदान गरी करिब रु १५ लाख ८७ हजारको लागतमा पार्क निर्माण गरिएको समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले बताए ।
यहाँ नवनिर्मित पार्कको प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले आइतबार उद्घाटन गर्दै शहीदको सम्झनाका लागि निर्माण गरिएको पार्कले पर्यटकीय विकासमा टेवा पुग्ने बताए । पार्कलाई व्यवस्थित बनाउन यहाँ विभिन्न संरचना थप गर्दै जानुपर्ने उनको भनाइ छ ।
डिभिजन वन कार्यालय पाल्पा र रामपुर डिभिजन वन कार्यालयको व्यवस्थापनमा पार्क निर्माण गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले सामुदायिक वनको संरक्षणसँगै पर्या–पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार