सहाराविहीनको सहारा बन्दै वृद्धाश्रम
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार २१:२६:२७
♦रञ्जिता अधिकारी
६ साउन , देउखुरी । तल सेवार खोला बगिरहेको छ । खोलाकोमाथि डिलमा ठूलो गेट छ । मूल गेटमा लेखिएको छ ः ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपदाकुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रम ।
मूल गेटबाटभित्र पसेपछि शान्त र आनन्ददायी वातावरणमा पुगे झैँ लाग्छ । थरीथरिका फलफूलका बिरुवा र देवदेवीका मन्दिर देखिन्छन् । दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेको वृद्धाश्रममा अहिले १८ वृद्धवृद्धा छन् ।
नौ महिला र नौ पुरुष । उनीहरूको लालनपालन, रेखदेख, स्याहारसुसार र स्वास्थ्य उपचारको व्यवस्था वृद्धाश्रमले गरिरहेको छ । वृद्धाश्रममा बस्ने अधिकांश परिवारविहीन र सहाराविहीन छन् ।
प्यूठानको खलङ्गा घर भएकी ७९ वर्षीया दिलकुमारी क्षेत्री १० वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छिन ६ साउन । अहिले उनको शरीर कमजोर भएको छ । श्रीमान् हुँदासम्म कुनै कुराको समस्या थिएन ।
श्रीमानको कमाइबाट घर चलेको थियो । श्रीमानको मृत्युपछि पनि उनलाई पेन्सन आउँछ । घर खर्चलाई पैसा छ । तर शरीरमा भएको तागत घट्दै गयो । घरको आँगन बिरानो हुन थाल्यो ।
एक्लो भएपछि गाउँलेको सहायताबाट वृद्धाश्रममा आएको उनको भनाइ छ । “यहाँ आफ्नै उमेरका साथी भेटिएका छन् । कुराकानी गर्ने, मन भुलाउने बाटो भएकाले खुसी छु”, उनले भिनन ।
घोराही उपमहानगरपालिका–१३ कलमघारीका ७४ वर्षीय श्रीधर सुनार पनि सोही आश्रममा एक वर्षदेखि बस्दै आएका छन् । खुट्टाको समस्याले उनले बैसाखीको सहाराले भित्र बाहिर गर्छन । उनका आँखामा मोतीबिन्दु भएको थियो ।
गएको असार चार गते शल्यक्रिया गरेर आँखाले देख्न सक्ने भएको उनको भनाइ छ । उनले भने , “छोराछोरी छैनन् । श्रीमतीको मृत्यु भयो । काम गर्न सक्ने हुँदासम्म घरमा एक्लै गाईबाख्रा पालेर बसियो ।
” उनले काम गर्न नसकेर थला पर्ने अवस्था आएपछि घरमा भएका गाईवस्तु पनि बिक्री गरे । सानो झुपडी घर थियो । त्यो गाउँलेलाई हेरिदिन आग्रह गरेर आश्रय लिन आएको उनले बताए । उनका अनुसार, घरको याद गरेर मन दुखाउनुभन्दा वृद्धाश्रमका दाजुभाइसँग भलाकुसारी गरेर दिन बिताउन सजिलो भएको छ ।
रोल्पाको जुरमसिना घर भएकी ७५ वर्षीया रामकली क्षेत्री पनि सोही वृद्धाश्रममा बस्छिन ।। उनले बस्न थालेको डेढवर्ष भयो । पाँच छोराछोरी जन्मेका थिए तर पखाला लागेर चार जना मरे ।
एक छोरी मात्र बाँचिन् । श्रीमाको मृत्यु भयो । उनले भनिन , “धनसम्पत्ति खासै थिएन । दुःखसुख गरेर छोरी हुर्काएँ । ठूली भएपछि रोल्पाकै गाउँमा बिहे गरिदिएँ ।” अहिले छोरीले सोधखोज नगरेको उनको भनाइ छ ।
“भन्छन् नि, बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भने झैँ भयो,” आँखाभरिका आँसु पुछ्दै रामकली भनिन, “अहिलेसम्म ठूलो रोग केही लागेको छैन ।
कहिलेकाहीँ ग्यास्ट्रिकले सताउँछ ।” तैपनि उनलाई आश्रमको बसाइँ राम्रो भएको छ । भनिन, “आफूजस्तै दिदीबहिनीसँग कुराकानी गर्न पाइएको छ । शान्त वातावरणमा बस्ने व्यवस्था छ । मन भुलेको छ ।”
ज्येष्ठ नागरिक सरोकार केन्द्रका सचिव हीरा शाहका अनुसार ६० जना दाताको सहयोगमा अक्षय कोष स्थापना भएको छ । दाताले पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म दिएको शाहले बताए ।
शाह भने, “ प्यूठान, रोल्पा र सल्यानबाट सहाराविहीन ज्येष्ठ नागरिक आएका छन् । जुम्लाबाट पनि एक जना पुरुष आएका थिए । २०७८ चैत महिनामा बित्य ।
” घोराही उपमहानगरपालिका– १५ का मधुसुदन र मोनिका जोशीले पितामाता कोमानन्द र गिराको स्मृतिमा एक लाख एघार हजार एक सय ११ रूपैयाँको अक्षय कोष स्थापना गरेका केन्द्रका कोषाध्यक्ष श्यामप्रकाश आचार्यले जानकारी दिए ।
सम्बन्धित वडा कार्यालयको सिफारिसमा आश्रममा राख्ने गरेको शाह बताए । भने, “पहिलो प्राथिमकता असहायलाई दिने गरेका छौँ ।” घोराहीका समाजसेवी खगराज लोहनीले तीन बिघा जमिन दान गरेर ज्येष्ठ नागरिक सरोकार केन्द्र स्थापना गरेको बताए ।
केन्द्रको कार्यसमिति अध्यक्ष भूपाल गिरी आश्रममा वृद्धवृद्धाको सेवाका लागि पाँच जना कर्मचारी राखिएको बताए । वृद्धवृद्धाको खानपानमा मासिक रु ५० हजार खर्च भइरहेको छ ।
आफ्नै तीन बिघा जमिनबाट आउने अन्नपात र दाताको सहयोगबाट आश्रम चलिरहेको छ । केन्द्रमा ६० वर्ष उमेर पुगेका असहाय तथा परिवारविहीन ज्येष्ठ नागरिकलाई प्रक्रिया पु-याएर आश्रममा आश्रय दिने गरिएको छ ।
धेरैजसोले आफैँ खाना खाने र सरसफाइ गर्छन । एक जना अशक्तले आफ्नो काम आफैँ गर्न सक्दैनन । उनको स्याहार गर्नुपर्छ । पक्षघात भएका दुई र बाथका रोगी एक जना छन् ।
घोराही उपमहानगरपालिकाले आश्रममा दैनिक स्वास्थ्यकर्र्मी पठाउने गरेको छ । सबै औषधि निःशुल्क दिने व्यवस्था पनि गरेको बताइएको छ । “जतिसुकै सुखसुविधा भए पनि जिन्दगी केही होइन रहेछ । जे आफुसँग छ, त्यसैमा सन्तोष हुनुपर्ने रहेछ । विलासिता भन्दा आवश्यकतामा जानुपर्ने रहेछ”, उनले भने ।
उपमहानगरपालिकाले आश्रम सञ्चालनमा सहयोग गर्दै आएको पालिकाको महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोतीकुमारी विश्वकर्मा बताए ।
उनका अनुसार, स्वास्थ्य शाखाले स्वास्थ्यमा सहयोग गरेको छ भने महिला, बालबालिका तथा सामाजिक विकास शाखाले न्यानो कपडा वितरण तथा खाद्यान्नमा सहयोग गर्दै आएको छ ।
पछिल्लो समयका मानिस एकल परिवारमा रमाउने संस्कारको विकासले वृद्धवृद्धा हेलामा पर्ने गरेको विश्वकर्माको भनाइ छ । दाङमा हाल घोराहीको तेरौटे, देउखुरीको सुनडवरी र तुलसीपुर गरी तीन स्थानमा वृद्धाश्रम खोलिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार