जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार २१:३४:१०
८ भदौ, दाङ । तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय) मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ ।
घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोंगी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए ।
चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो । आज सशस्त्र प्रहरी बल नेपाल नं २९ ज्वालामाई गण भालवाङका सशस्त्र प्रहरी सहायक कमल रेग्मीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ । चौधरीको शव ड्याममा रहेको सुकेको रुखको जरासँगै हिलोमा गाडिएको अवस्थामा फेला परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार