बैकिङ क्षेत्रमै खराब प्रदर्शनःओराली लागेको हिमालयन बैंकको ताल भो ! व्यवसाय विस्तार गर्न किन हुँदैछ समस्या ?
आर्थिक संवाददाता
भदौ ९, २०७९ बिहिबार १८:२७:११
९ भदाै, काठमाडाैं । हिमालयन बैंकले आर्थिक वर्ष ०७८/७९ मा खस्किदो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको अधिकांश सूचकहरु नकारात्मक देखिएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वाणिज्य बैंकहरुको औसत मुनाफा २३ प्रतिशतले वृद्धि हुँदा हिमालयन बैंकको मुनाफा भने १७ प्रतिशतले घटेको छ। हिमालयन बैंकले बैकिङ क्षेत्रमै खराब प्रदर्शन गरेको देखिन्छ ।
संचित मुनाफा र जगेडा कोष घट्नुले पनि बैंकको वित्तीय अवस्था दिन प्रतिदिन घट्दै गएको प्रस्ट बुझ्न सकिन्छ। जगेडा कोष घट्नुलाई आधारभूत रुपमा बैंकलाई कमजोर बनाउने देखिन्छ ।
बोनसमार्फत २१ प्रतिशतले चुक्ता पुँजी बृद्धि गरेको यस बैंकले खुद मुनाफा घटाउँदा प्रतिशेयर आम्दानीमा भने पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षमा २८ रुपैयाँ ०७ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १९ रुपैयाँ १४ पैसामा सीमित भएको छ ।
बैंकको खराब कर्जा प्रतिशत पनि वृद्धि भएको छ । खराब कर्जा शून्य दशमलव ४८ प्रतिशतबाट वृद्धि हुँदै शून्य दशमलव ७७ प्रतिशत पुगेको छ । खराब कर्जा वृद्धि हुनुलाई त्यति राम्रो मानिदैन । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर हुन नसकेकोमा अहिले बैंक सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा छ । हिमालयन बैंकको साधारणसभाले नेपाल नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर नजाने निर्णय गरेको थियो ।
नेपाल बैंकर्स एसोसिएशनले प्रदान गरेको साउन मसान्तसम्मको तथ्यांक अनुसार बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९ दशमलव ४७ प्रतिशत रहेको छ । नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले सीडी रेसियो ९० प्रतिशत मुनी राख्न भनेकोमा हिमालयन बैंकको सो अनुपातले ९० प्रतिशत छुनै लागेको छ । यसको अर्थ अब हिमालयन बैंकसँग कर्जा प्रवाह गर्ने रकम नरहेको संकेत मिलेको छ ।
हिमालयन बैंकको संचालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ छन् भने अन्य संचालकमा हविब बैंक लिमिटेडबाट फैजल एन ललानी, सुनिलबहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ तथा व्यावसायिक विशेषज्ञको रुपमा स्वतन्त्र संचालकमा श्री राधा कृष्ण पोते कार्यरत छन्। त्यस्तै नेपालका प्रथम गभर्नर हिमालय शमशेर ज.ब.रा संचालक समितिको प्रमुख सल्लाहकार छन् ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा कार्यरत छन् । बैंकमा सबै भन्दा ठूलो लगानी हबिब बैंकको रहेको छ । बैंकमा पाकिस्तानको हबिब बैंकको सर्वाधिक २० प्रतिशत शेयर स्वामित्व रहेको छ भने दोश्रोमा कर्मचारी संचय कोषको १४ दशमलव ८७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
हिमालायन बैंकमा लगानी गरेका ठूला दुवै संस्थाले सोचे अनुसार आफ्नो निर्णय लगाउन पाएको पाइदैन । ठूला व्यापारिक समूहबीचको टकरावको कारणले गर्दा नेपाल इन्भेष्टमेण्ट बैंक जस्तो बलियो सस्थासँगको मर्जर तोडिन पुग्यो । हबिबको बैंकमा सबैभन्दा धेरै २० प्रतिशत हिस्सा भएपनि उसलाई “सेरेमोनियल” शेयरधनीको रुपमा राखिएको छ। बैंकको ठूलो निर्णयमा हबिब बैंकको स्थान कम हुनु, बैंकले राम्रो प्रदर्शन गर्न नसक्नुले पनि अब हबिब बैंक शेयर बेचेर निस्किन खोजेको समाचारहरु आएका थिए । अहिलेको हिमालयन बैंक र हिमालयन बैंकको व्यवस्थापन हबिबका लागि निल्नु र ओकल्नु भएको छ ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा गिरावट :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ९९ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब ४८ करोड खुद मुनाफा पुगेको छ । खुद नाफामा १७ प्रतिशत माथिको गिरावट आएको छ ।
प्रतिशेयर आम्दानीमा पहिरो :
खुद मुनाफामा गिरावटको कारणले गर्दा प्रतिशेयर आम्दानीमा पहिरो गएको छ । प्रतिशेयर आम्दानीमा करिव ३२ प्रतिशत माथिको गिरावट देखिएको छ । अघिल्लो वर्ष २८ रुपैयाँ ०७ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १९ रुपैयाँ १४ पैसा छ ।
संचालन मुनाफामा पनि पहिरो :
संचालन मुनाफामा १७ प्रतिशत माथिको गिरावट आउँदै ३ अर्ब ५४ करोड पुगेको छ।
जगेडा कोष घट्दै :
बैंकको जगेडा कोष शून्य दशमलव ६४ प्रतिशतले घट्दै गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब ४६ करोड पुगेको छ भने संचित मुनाफा करिव ९ प्रतिशतले घट्दै २ अर्ब ६७ करोड पुगेको छ ।
खराब कर्जा बढ्यो :
अघिल्लो आर्थिक वर्षमा शून्य दशमलव ४८ प्रतिशत रहेको खराब कर्जा गत आवको चौथो त्रैमाससम्म आईपुग्दा शुन्य दशमलव ७७ प्रतिशत माथि पुगेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार