दाङमा गठबन्धन दल र एमालेको अवस्था, निर्वाचनमा बाजी कसले जित्ला ?
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १३:४९:९
♦ दीपक शर्मा
९ भदौ, दाङ । दाङको क्षेत्र न २ बाट नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले निर्वाचन लडने भएपछि दाङका गल्ली चिया पसलमा एउटै विषयमा बहस छलफल हुने गर्दछ निर्वाचन कसले जित्ला । त्यसो त दुवै नेता परिचित नेताहरु हुन ।
कुनै वेला यी दुवै नेता एउटै पार्टिमा रहेका बेला महरा संघिय निर्वाचन लडेका थिए भने पोखरेल प्रदेशसभा सदस्यमा , पोखरेल मुख्यमत्री बन्न सफल भएका थिए भने महरा सभामुख , आफनै कर्मचारीको यौन कान्डमा मुछिएपछि सभामुख त्याग्नुपरेको महरालाई यसपटक गठबन्धनको साथ भएका कारण केहि सहज देखिएपनी निर्वाचन जित्न फलामको चिउरा चपाए सरह देखिने छ । एमाले दाङका प्रभावसाली नेताको रुपमा रहेका पोखरेललाई निर्वाचनमा पराजित गर्न नेकपा एकिकृत समाजवादीले एउटै जिल्ला दुइ जना आफना नेतालाई मन्त्री बनाएको छ ।
यसले गठबन्धनलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ भने समाजवादीलाई आफनो सक्रियता र उपस्थिति बलियो बनाउने मौका पनि आएको छ । तर आफनै मत कम रहेको अवस्थामा माधन नेपालले एउटै जिल्ला दुई जनालाई मन्त्री बनाउदा पनि एमाले कमजोर नभएको नेकपा एमालेका नेताहरुको दावी छ।
३ वटा निर्वाचन क्षेत्र रहेको दाङमा आगामी संघ र प्रदेशको निर्वाचनमा कसले वाजी मार्ने हो भन्ने विषयमा दिनहु जसो छलफल हुने गर्दछ यस्ता छलफल गबन्धन तथा नेकपा एमालेका पार्टि विच पनि हुने गरेको छ । २०७९ सालमा भएको स्थानिय तहो निर्वाचनको कुरा गर्दा २ वटा उप महानगरपालिका , १ नगरपालिका र ७ वटा गाँउपालिका गरी जम्मा १० वटा स्थानिय तह रहेको दाङमा २ उपमहानगर पालिकामा नेकपा एमाले विजयी भएको छ भने नेपाली काग्रेसले १ नगरपालिका सहित ५ वटा स्थनिय तह र ३ वटा स्थानिय तह माओवादीले जितेका छन ।
स्थानिय नेतहरुका अनुसार संघिय र स्थानिय तहको निर्वाचन फरक हुने भएका कारण यस पटक गठबन्धनलाई जित निकाल्न सहज देखिएको छैन भने नेकपा एमाले पनि ढुक्क हुने अवस्था छैन । कुनै बेला महरा र पोखरेलले एउटै मोर्चाबाट चुनावी मैदानमा होमिएका उहाँहरूबीच अहिले भने कडा टक्कर हुने देखिएको छ । अहिलेको सत्तापक्ष गठबन्धनले पनि महराका लागि दाङ क्षेत्र नं २ माओवादी केन्द्रलाई दिने आकलन गरिएको छ ।
त्यस्तै शङ्कर पोखरेलले पनि दाङ क्षेत्र नं २ लाई राेजेका छन् । कांग्रेसबाट पार्टीका लुम्बिनी प्रदेश समितिका उपसभापति राजु खनाल, कमलकिशोर घिमिरे, खगराज पाण्डे, गोपालराज शर्मा, कमानसिंह भारती, भरत न्यौपानेलगायतले आकाङ्क्षा व्यक्त गरेका पाइएको छ । एमालेबाट पनि लक्ष्मण आचार्य, बलिभद्र राणा, टोपेन्द्र केसी, गिरीराज केसीले पनि आकाङ्क्षा देखाएका छन । गठबन्धनबाट दाङ २ मा माओवादीले पाएमा दाङ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादी र दाङ क्षेत्र नं ३ मा कांग्रेसले दाबी गरेका छन् ।
क्षेत्र नं १ र ३ दुवैमा एकीकृत समाजवादीका सांसद छन् । तीमध्ये क्षेत्र नं १ बाट निर्वाचित एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणी चौधरी सहरी विकासमन्त्री छन भने क्षेत्र नं ३ बाट निर्वाचिन एकीकृत समाजवादीकै केन्द्रीय सदस्य हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री छन । यी दुई क्षेत्रमध्ये चौधरीका लागि क्षेत्र नंं १ दिने गरी सहमति हुने र क्षेत्र नं ३ कांग्रेसलाई दिने गरी सहमति हुनसक्ने छलफल अघि बढेको छ । यदि क्षेत्र नं १ एकीकृत समाजवादीले पाएमा चौधरीमात्रै दाबेदार रहेका छन । त्यहाँ एकीकृत समाजवादीले पाएमा चौधरी पुनः सांसदको उम्मेवार बन्न सक्ने अवस्था रहेको छ ।
सोही क्षेत्रमा एमालेबाट केन्द्रीय सदस्य तथा सांसद शान्ता चौधरी, गङ्गा चौधरी र रेवतीरमण शर्माको दाबी रहेको छ । त्यो क्षेत्रबाट माओवादी केन्द्रबाट हालका लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य इन्द्रजित चौधरीको पनि दाबी छ भने कांग्रेसबाट पूर्वसांसद योगेन्द्र चौधरी, सुशीला चौधरी, दिवङ्गत नेता खुमबहादुर खड्काका छोरा अनुरागले पनि दाबी गर्नुभएको छ । त्यस्तै दाङ क्षेत्र नं ३ कांग्रेसले पाएको सन्दर्भमा दीपक गिरी बलियो दावेदार देखिन्छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका गिरी यसअघिको निर्वाचनमा तत्कालीन एमालेका हिराचन्द्र केसीसँग पराजित भएका थिए । एमाले फुटेर एकीकृत समाजवादी भएपछि केसी सोही पार्टीबाट अहिले मन्त्रीसमेत बनिसकेका छन । यदि पाँचदलीय गठबन्धनबाट कांग्रेसले यो क्षेत्रमा टिकट पाए गिरीले पाउने सम्भावना देखिएको कांग्रेसका महाधिवेशन प्रतिनिधिको बुझाई छ । हालका लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरी र पार्टीका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पनि आकाङ्क्षा देखाएका छन ।
एमालेबाट तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे र निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीले दाबी गरेका छन । नेकपा एकिकृत समाजवादीको आफनै मत कम रहेको अवस्थामा माधन नेपालले एउटै जिल्ला दुई जनालाई मन्त्री बनाएका हुन । तर पनि दाङमा गठबन्धनलाई नेकपा एमालले कडा टक्कर दिने देखिन्छ नेकपा एमालेका नेताहरुका अनुसार स्थानिय तहको नजितालाई हेर्ने हो भने एमालेको जित सुनिश्चित रहेको बताउछन । सरसर्ति हेर्दा गठबन्धन बलियो देखिएको छ दाङमा तर यसै भन्न नसकिने अवस्था पनि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार