कतै तपाई नक्कली ब्ल्याक लेबल र रेड लेबल मदिरा पिईरहनु भएको त छैन ?
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १७:३:५३
९ भदौ, काठमाडाैं । मदिरा सेवन स्वास्थ्यका लागी राम्रो होइन तर यति थाहा हुँदा पनि मापसे गर्नेहरुले गरिरहेका छन । तपाइले पिउदै आएको राम्रो मदिरा कतै डुव्लिकेट त होइन अव सोच्नु पर्ने बेला आयो नेपालमा आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीहरुले नक्कली मदिरा तयार गर्ने गरेका थिए ।
भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । वल्ड दरबार नामको मदिरासँग पानी र केमिकल मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य संचालक भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार