पन्ध्र हजार किसानको भविष्य बन्ला त कञ्चनबाँधले ?
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २१:४७:२७
१२ भदौ, रूपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, मायादेवि र कञ्चन गाउँपालिकाका कृषकहरूलाई अब सिँचाइ गर्न समस्या नहुने भएको छ। पानीको कारण हिउँद वा वर्षा दुबै समयमा खेतीपाती तथा सिँचाइको समस्या रहेका यी क्षेत्रमा अब समस्या समाधान हुने भएको हो।
उक्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने उद्देश्यका साथ गत बिहीबार कञ्चन बाँध सिँचाइ आयोजनाको उद्घाटन गरिएको छ। संघीय सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले कञ्चनबाँध सिँचाइ आयोजनाको उद्घाटन गरेका हुन्।
करिब १३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी पुर्याउने र त्यहाँबाट सिँचाइ योजनाहरू सञ्चालन गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको सभापति शाहले बताए ।
२०७२ सालमा सुरु गरिएको उक्त सिँचाइ आयोजना ७ वर्षमा सम्पन्न भएको छ। उक्त आयोजनाबाट रुपन्देहीको लुम्बिनी नगरपालिकाका अतिरिक्त गैडहवा, कञ्चन र मायादेवी गाउँपालिकाका धेरै वडामा सिँचाइ सुविधा उपलब्ध हुने छ ।
कञ्चन बाँधबाट अब रुपन्देहीको दक्षिण पश्चिम क्षेत्रको करिब पाँच हजार बढी विगाहा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने भएको छ । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहका अनुसार रुपन्देहीका ग्रामीण क्षेत्रमा धेरै पुल र सडकहरू बने पनि सिँचाइ गर्ने बाँधको अभावमा खेतहरू धेरै बाँझै रहन्थे तर अब भने कञ्चनबाँधले यस क्षेत्रका किसानलाई धेरै सुविधा पुर्याउने छ ।
अब सबै क्षेत्रमा सिँचाइ सुविधा भए पछि आकासेपानीको भर पर्नुपर्ने अवस्था नरहने शाहले बताए । लुम्बिनी र गैडहवा क्षेत्रका स्थानीयहरूलाई यसबाट सबैभन्दा बढी फाइदा हुने छ भने मायादेवि र कञ्चन गाउँपालिकाका केही वडालाई पनि सिँचाइमा राहत पुग्ने रुपन्देही क्षेत्र नं ५ का सभासद समेत रहेका शाहले बताए ।
लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दीन खानले सिँचाइ बिना अन्न उत्पादन हुन सक्दैन भन्दै अन्य भौतिक पूर्वाधार जस्तै सडक बनाउनुभन्दा पहिले सिँचाइ आयोजना बनाउनु जरुरी छ रहेको बताए। उनले आफूले सिँचाइलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सिँचाइको अभावका कारण कृषि उत्पादन प्रभावित भएकाले अब सिँचाइ व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने– ‘कृषकह’का लागि सिँचाइ पहिलो आवश्यकता हो ।’
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिमा आत्मनिर्भर हुन नसकिएको भन्दै अझै पनि पानीको अभावमा खेतहरू बाँझो रहने गरेकाले सिँचाइको व्यवस्था गरेर कृषिलाई समृद्ध बनाउनु पर्ने बताए। स्थानीय रामनारायण लोधले पानीकोे अभावमा कृषि सिँचाइ गर्न समस्या थियो अब पानी आएपछि सहज हुने विश्वास बढेको बताए ।
यसैगरी कञ्चन बाँध सिँचाइ आयोजनाबाट त्यस क्षेत्रका करिब १५ हजार कृषक लाभान्वित हुने अनुमान गरिएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताए । बाँधबाट उक्त क्षेत्रमा पानी लैजानको लागि अझै करिब ५ करोड रुपैयाँ आवश्यक रहेको र त्यो व्यवस्था मिलाउने सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले बताए । श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार