दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने बाटो खुल्यो
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २२:५२:१३
१२ भदौ, लमजुङ । लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ ।
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर(भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले बताए ।
उनले भने, ुउक्त लाइनखण्ड चार्ज भएसँगै दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भएका २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी खोला(१ जलविद्युत आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत आयोजना गरी हाललाई ७२ मेगावाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण ग्रीडमा जोड्ने बाटो खुलेको छ ।
राणाका अनुसार राष्ट्रिय प्रशारण ग्रीडको ब्याकफिड पाएपश्चात उल्लेखित जलविद्युत आयोजनाहरु परिक्षण उत्पादन तथा प्रसारण गरी ग्रीडमा जोडिनेछन् । चितवनदेखि तनहुँ, लमजुङहुँदै मनाङसम्म २२० केभी प्रसारणलाइन परियोजना निर्माणको काम पनि धमाधम भइरहेकोे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार