नरैनापुरका किसानलाई राहतको प्याकेज माग
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १७:२८:२७
१७ भदौ, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीको विशेष उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
गत वर्षको बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थाको धानबालीमा ठूलो नोक्सानी बेहोर्नुपरेका नरैनापुरका किसानले लामो समयको खडेरीका कारण धानसमेत रोप्न पाएका छैनन् ।
खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र सङ्घमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए ।
उनले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको र गत वर्षको बेमौसमी बर्सातले धान सखाप परेको भन्दै गर्दै यो वर्ष पनि लामो खडेरीका कारण धान रोप्न नपाएका किसानलाई राहत र सिँचाइका लागि डिप बोरिङको व्यवस्था गर्न पहल भएको उल्लेख गरे ।
जिल्लाको अन्न भण्डारका रुपमा आफ्नो परिचय बनाएको गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । खडेरीका कारण वर्षे खेती लगाउन नसकिएको र लगाएको पनि खडेरीका कारण सुकेर गएकाले सङ्घ र प्रदेशले नरैनापुरका लागि विशेष प्याकेज घोषणा गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष शाहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार