केहि समय मै विद्युत नपुगेको घर भेटिँदैन : उर्जामन्त्री
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २१:१३:४४
२० भदौ, बुटवल । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीको घरमा विद्युत जडान हुने बताएकी छन् । बुटवलमा सोमबार आयोजित कार्यक्रममा उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको र अब दुई वर्षभित्रै सबै घरमा चाहिए जति विद्युत उपलब्ध गराउने सरकारको तयारी रहेको बताइन् ।
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइनको सोमबार रुपन्देहीको मैनहियामा उद्घाटन उनले विद्युतीय उपकरण प्रयोग गर्न जोड पनि दिइन् । ुयातायात, सिंचाईलगायतका क्षेत्रमा पनि अब विद्युतीय साधन प्रयोग गर्नुहोस्, विद्युतीय सवारी साधनका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउँने छ, त्यसैले म सवारी किन्न चाहनेहरूलाई विद्युतीय साधन नै किन्न अनुरोध गर्छु,ु उनले भनिन् ।
सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने मन्त्री भुसालको भनाइ छ । ुअहिले भारतमा दैनिक ४०० मेगावाट विद्युत बिक्री भैरहेको छ, बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ।ु उनले भनिन् ।
उर्जामन्त्री भुसालले विद्युतको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिंचाईका लागि प्रयोग हुने विद्युत महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने पनि उनले बताइन् । बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अव यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने पनि मन्त्री भुसालले बताइन् । अन्य आयोजनाहरू समयमै पूरा नहुने परिपाटीबीच यो आयोजना समयमै सम्पन्न भएकोमा उनले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अब यो क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने बताए । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाईन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको विजुली भारतमा बिक्री गर्न सकिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार