झापामा सौर्य ऊर्जाबाट खानेपानी
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १९:५६:७
♦राजु पोखरेल
२१ भदौ, गौरादह । सौर्य ऊर्जाको प्रयोग गरेर झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी वितरण गरिरहेको छ । विद्युत्को प्रयोग कम भएसँगै उपभोक्ताले सस्तो मूल्यमा पानी उपभोग गरिरहेका छन् ।
सौर्य ऊर्जाको उपयोगपछि लागत घटेकाले समितिले खानेपानीको महसुल घटाएको छ । पानी तान्नेदेखि वितरण गर्नेसम्मका काम सौर्य ऊर्जाबाट नै हुने भएकाले पानीको महसुल सस्तो भएको हो । उपभोक्ताले न्यूनतम आठ युनिट पानीको महसुल एक सय ३० रुपैयाँ तिर्नु पर्दथ्यो भने सौर्य ऊर्जाको उपयोगपछि महसुल घटेर एक सय पाँच रुपैयाँ तिर्नुपर्ने भएको छ ।
“समितिले उठाएको महसुलबाट पाँच रुपैयाँ संस्थाको सामाजिक विकास कोषमा जम्मा हुने गरेको छ । महसुल त एक सय रुपैयाँ हो, संस्थाको सामाजिक विकास कोषमा जम्मा भएको पाँच रुपैयाँबाट सामाजिक उत्तरदायित्वअन्तर्गतका काम हुने गरेको छ”, संस्थाका सचिव डण्डिराज घिमिरेले भने ।
सौर्य ऊर्जाको उपयोगपछि दुई हजार ४०० उपभोक्ताको महसुलबापत मासिक रु ६० हजार बचत भएको छ । समितिले विद्युत् प्राधिकरणलाई मासिक तिर्नुपर्ने महसुल पनि आधा कम भएको छ ।
यसअघि मासिक एक लाख ३० हजार रुपैयाँसम्म विद्युत् महसुल समितिले तिर्ने गरेको थियो । तर सौर्य ऊर्जाको उपयोगपश्चात् ४५ प्रतिशत कम महसुल तिर्ने गरेको छ । संस्थाको तथ्यांक अनुसार अहिले प्रतिलिटर पानी उत्पादनमा एक दशमलव १५ पैसा लाग्ने गरेको छ ।
सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसरसमेत संचालन गरेर पानी वितरण गरिएको छ । विसं २०५२ मा स्थापना भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा दुई हजार तीन सय ५० जना सदस्य छन् ।
गौरादह– १ मा रहेका दुई ट्यांकीबाट समितिले पानी वितरण गर्दै आएको छ । साढे पाँच लाख लिटर क्षमताका दुई वटा ट्यांकीमा पानी भर्ने तथा धारासम्म पु¥याउने काममा दिनको समयमा सौर्य ऊर्जाको उपयोग हुन्छ । उक्त दुई वटा ट्यांकीबाट दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन हुँदै आएको छ ।
रातमा भने विद्युत्कै प्रयाग गर्ने गरिएको छ । सौर्य ऊर्जाबाट चार्ज गर्ने ब्याट्री नराखिएको र सोझै प्रयोग गर्ने गरिएकाले रातको समयमा विद्युत्कै उपयोग हुने गरेको समितिका सचिव घिमिरे बताउछन् ।
समितिको पानी वितरण क्षेत्रमा पाँच वटा सामुदायिक विद्यालयमा एक÷एक र अन्यत्र दुई वटा सामूहिक धारा छन् । ती धाराको न्यूनतम खपतबापतको महसुल सामाजिक विकास कोषमा जम्मा भएको रकमबाट भुक्तानी हुने भएकाले विद्यालय र सामूहिक धाराको पानी उपयोग गर्नेले रकम तिर्नु नपर्ने संस्थाले जनाएको छ ।
प्रदेश सरकारको अनुदानमा खानेपानी वितरणका लागि सौर्य ऊर्जा जडान गरिएको हो । प्रदेश सरकारबाट प्राप्त ८८ लाख ७५ हजार नौ सय रुपैयाँ अनुदानबाट समितिले एक सय ४२ वटा सौर्य ऊर्जाको प्यानल जडान गरेको छ । गौरादहका– १, २ र ३ नम्बर वडामा करिब दुई हजार चार सय धारामा पानी वितरण हुँदै आएको समितिले जानकारी दिएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार