बर्दियाका साथीहरुलाई धन्यवाद प्रकट गर्दै लुम्बिनीका सभापति पुनले गरे रोल्पाबाटै निर्वाचन लड्ने घोषणा
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १९:८:२७
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले रोल्पाबाटै निर्वाचन लड्ने बताएका छन् । उम्मेदवारको लागि नाम सिफारिस गरि सद्भाव प्रकट गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै सभापति पुनले बर्दिया १ बाट आधिकारिक उम्मेद्वारी नरहेको बताएका हुन् ।
पुन रोल्पाबाटै निर्वाचन लड्ने तयारी गरिरहेको समयमा नेपाली कांग्रेस बर्दिया प्रतिनिधिसभा क्षेत्र न. १ को क्षेत्रीय समितिका सभापतिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनको नाम समेत सिफारिस गरेको सम्बन्धमा एक प्रेस विज्ञाप्ति जारी गर्दै पुनले ‘उम्मेदवारको लागि सिफारिस गरि सद्भाव प्रकट गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै बर्दिया १ मा अमरसिंह पुन आधिकारिक उम्मेद्वार नरहेको जानकारी गराएका छन् ।
सभापति पुन लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन । उनी कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला पक्षका हुन् । स्रोतका अनुसार रोल्पाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदेश सभापति पुनसहित टेकबहादुर बस्नेत र शंकरबहादुर छन्त्यालको नाम सिफारिस भएको छ । तर प्रदेशसभा ख को प्रत्यक्षतर्फ अमरसिंह पुन मगरको एकल नाम सिफारिस भएको छ ।
गठबन्धन दलबीच तालमेल हुँदा प्रतिनिधिसभामा रोल्पा माओवादी केन्द्रलाई पर्ने निश्चित जस्तै छ । जहाँबाट वर्षमान पुनले दाबी गरिरहेका छन् । तर कांग्रेसले रोल्पाको प्रदेशसभा ख लिने सम्भावना धेरै छ । जुन क्षेत्रबाट प्रदेश सभापति पुनको एकल सिफारिस परेको स्वकीय सचिव योगेन्द्र अनुपम जी.सी.ले नेपालबहस डटकमलाई बताए ।
उनी लुम्बिनीको मुख्यमन्त्री बन्ने प्रयास स्वरुप प्रदेशसभामा लड्ने तयारी गरेको पुनको सचिवालयले जनाएको छ । केही दिनअघि बुटवलमा आयोजित कार्यक्रममा प्रदेश सभापति पुनले प्रदेशसभामा आफू लड्न सक्ने संकेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार