राप्ती सोनारीमा खोला, बगर र घाटको वातावरणीय परीक्षण
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २२:४५:३
२२ भदौ, राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थ व्यवस्थापनका लागि प्रारम्भिक वातावरणीय परीक्षण गरेको छ । गाउँपालिकाभित्र रहेका नदी, खोला, बगर तथा घाटबाट दिगो र वातावरणमैत्री रुपले नदीजन्य पदार्थ उत्खनन तथा संकलनका लागि गाउँपालिकाअन्तर्गतका नदी, खोला बगर तथा घाटकोे प्रारम्भिक वातावरणीय परीक्षण गरिएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए ।
उनका अनुसार गाउँपालिकाको प्रस्तावमा बिएमएस–एडब्लुएएस–आरआइपिपिए कन्सल्टेन्सीले गाउँपालिकाभित्र रहेका मुगुवा खोला, खैरी खोला, टिकुलीपुरघाट, सिधनिया घाट, बग्दैला घाट, अलिनगर घाट, खल्ला टेपरी, जलल घाट र झिझरी खोलाको प्रारम्भिक वातावरणीय परीक्षण गरेको हो ।
राप्ती सोनारीमा रहेका नदीजन्य पदार्थ उत्खनन कार्यमा चोरी निकासी बढी हुने गरेकाले यसतर्फ ध्यान दिँदै वातावरण संरक्षणक लागि स्थानीय सरकारले अनुगमन, वृक्षरोपण, जनचेतनामूलक कार्यक्रम गर्न सक्नेगरी वातावरण व्यवस्थापनको योजनासमेत निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए ।
करिब तीन महिनाको अध्ययनपछि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिएकोे वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ राजीव खनालले बताउनुभयो । खोला, बगर तथा घाटबाट दिगो र वातावरणमैत्री रुपले ढुङगा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्दा यो अध्ययन जरुरी रहेको उनको भनाइ छ ।
गाउँपालिकाभित्र रहेका नौ वटै खोला, बगर, घाटबाट ढुंगा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन गर्न नेपाल सरकारले तोके बमोजिमको मापदण्ड बनाइएको छ । वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७६ अनुसार कुनै पनि क्षेत्रबाट दैनिक तीन सय घनमिटरसम्म नदीजन्य पदार्थ संकलन गर्नुपूर्व प्रारम्भिक वातावरणीय परीक्षण गनुपर्ने वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ खनालले बताए ।
ढुंगा, गिट्टी लगायतको नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य गाउँपालिकाको सबैभन्दा ठूलो आयस्रोतका रूपमा रहेको छ । अवैध निकासी तथा चोरीपैठारी बढिरहेको अवस्थामा प्रारम्भिक वातावरणीय परीक्षणको जरुरी देखिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
अध्ययन पश्चात गाउँपालिकासँग जोडिएको बाँके राष्ट्रिय निकुन्ज, जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, जनप्रतिनिधिलगायत सरोकारवाला निकायलाई प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदनवारे जानकारी गराइएको छ ।
गाउँपालिका अध्यक्ष पौडेलले आफू निर्वाचित भए लगत्तै गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यलाई व्यवस्थित गरिरहेको बताए । वातावरण संरक्षण गर्ने दायित्व पनि स्थानीय सरकारको भएकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार समय समयमा अनुगमन गर्दै वातावरण संरक्षण गरिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार