छापाखाना संचालन नहुँदा संरचना जीर्ण बन्दै
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १९:४८:१९
२३ भदौ, राँझा । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकेको खजुरामा स्थापना गरेको छापाखाना संचालनमा नआउँदा त्यहाँका भौतिक संरचना जीर्ण बन्दै गएका छन् । करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले २०६२ सालमा छापाखाना भवन र त्यस लगत्तै थप दुईवटा भवन निर्माण गरेको थियो । छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन अहिले प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएका हुन् ।
साबिक मध्य र सुदूरपश्चिम जिल्लाका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा उक्त छापाखाना स्थापना गरेको थियो । छापाखाना संचालन हुन नसक्दा जनक शिक्षाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समयमै पाठ्यपुस्तक पुर्याउन सकेको छैन ।छापाखाना सञ्चालनमा नआउँदा हरेक वर्ष शैक्षिक सत्रमा पाठ्यपुस्तक खपत गर्न कठिनाइ भइरहेको उक्त केन्द्रका नेपालगञ्ज शाखा प्रमुख रविन्द्र शर्माले बताए ।
उनका अनुसार, छापाखाना सञ्चालनका लागि आवश्यक विद्युतलगायत सबै पूर्वाधार तयार भएपनि केन्द्रीय योजना नबनेका कारण सञ्चालनमा आउन सकेको छैन । छापाखाना संचालनमा आउन नसक्दा बनाइएकोे भवन र ‘टु–कलर’ उपकरण पनि प्रयोगविहीन अवस्थामा छ ।
उक्त कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्युठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ । छापाखाना संचालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पुस्तक यहीबाट छपाइ गरि पठाउन सकिने उनको भनाइ थियो ।
“विकेन्द्रीकरणको सिद्धान्तलाई आत्मसाथ गर्न सके दुई महिनाभित्र छापाखाना संचालन गर्न सकिन्छ । नारा विकेन्द्रीकरणको लगाउने काम केन्द्रिकृत गर्ने परम्परा अन्त्य नहुँदासम्म छापाखाना संचालनमा आउन कठिन छ”, शाखा प्रमुख शर्माले भने, “खजुरामा छापाखाना संचालनका लागि बजेटभन्दा पनि सञ्चालन गर्नुपर्छ भन्ने मानसिकता ठूलो कुरा हो ।”छापाखाना सञ्चालनका लागि फोर–कलरको उपकरण खरिद, पर्खाल निर्माणलगायत पूर्वाधार निर्माण गर्न करिब रु। १० करोड वजेट आवश्यक पर्ने उनको भनाइ थियो । उक्त छापाखाना तत्काल सञ्चालनमा ल्याए पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।
खजुराबासीले पटकपटक उक्त छापाखाना संचालन गर्न माग गर्दै आएका छन् । छापाखाना सञ्चालनले सय बढीलाई रोजगारी दिनसकिने अपेक्षा गरिएकोे छ । विगतमा छापाखाना सञ्चालनका लागि पटक–पटक पहल गरिएको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ बाँके शाखाका वरिष्ठ उपाध्यक्ष सागर ज्ञवालीले उक्त छापाखाना सञ्चालन भए समयमै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार